अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केयरगिभरका लागि इजरायल जान १६०० जनाको नाम सार्वजनिक

केयरगिभरका लागि इजरायल जान १६०० जनाको नाम सार्वजनिक


काठमाडौं – इजरायलमा बुढाबुढीको हेरचाह ‘केयरगिभर’ का लागि सरकारले एक हजार ६ सय जना कामदारको नाम सिफारिस गरेकोछ ।

विभागले भाषा परीक्षा उर्तिण गरी अन्तरवार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पिआइबीए०लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले एक सूचनामार्फत जानकारी गराउनुभएको छ । काफ्लेले दिएको जानकारी अनुसार विभागले सिफारिस गरेको सूचीबाट पिआइबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने भएका छन् ।

यसका लागि अहिले छनौट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनौट गर्ने विभागले जनाएको छ । छानिएका स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने छ । यसपटक छानिएका कामदारले नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् ।