अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ उपाध्यक्ष मिलाउन अध्यक्ष ओलीलाई चर्को, तीन ‘हेबिवेट’को तीब्र आकांक्षा

वरिष्ठ उपाध्यक्ष मिलाउन अध्यक्ष ओलीलाई चर्को, तीन ‘हेबिवेट’को तीब्र आकांक्षा


काठमाडौं– सर्वसम्मत् हुन चुपचाप रहेका नेताहरुले एमाले महाधिवेशन सुरु हुन तीन दिनअघि सार्वजनिकरुपमै पदाधिकारीमा तीब्र आकांक्षा देखाउन थालेका छन् ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गरेलगत्तै नेताहरु चलायमान हुन थालेका छन् । घोषणा नगरे पनि अध्यक्षमा ओलीको उम्मेदवारी निर्विकल्प छ ।

अध्यक्षपछि दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष पदमा शीर्ष नेताहरुले एकपछि अर्को आकांक्षा देखाउन थालेका छन् । सार्वजनिक नगरे पनि आफूनिकट नेता र सञ्चारकर्मीहरुलाई नेताहरुले वरिष्ठ उपाध्यक्षमा लबिइङ गर्न निर्देशनसमेत दिइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र सुवासचन्द्र नेम्वाङको आकांक्षा तीब्र छ । सुरुवाती दिनहरुमा ईश्वर पोखरेल एक्लैको दाबी रहे पनि अहिले बादल र नेम्वाङले अध्यक्षसामु दबाब तीब्र बनाएका छन् ।

अध्यक्ष ओलीलाई पनि तीन नेता मिलाउन चर्को परेको छ । यद्यपी बालकोट स्रोतले नेतृत्वबारे अध्यक्ष ओलीले कुनै पनि नेतासँग परामर्श र ढाडस दिनुभएको छैन ।

दुई कार्यकाल महासचिव भएर विधानले नै बिदा गरेका पोखरेल, माओवादी केन्द्रबाट समायोजनमा आउनुभएका बादल र संविधान निर्माणको नेतृत्व गर्नुभएका नेम्वाङबीच कडा टक्कर भएको छ । विधानले तीनै जना नेतालाई अर्कोपटक नेतृत्वका लागि रोक्नेछ ।

अध्यक्ष ओलीलाई पनि तीन नेता मिलाउन चर्को परेको छ । यद्यपी बालकोट स्रोतले नेतृत्वबारे अध्यक्ष ओलीले कुनै पनि नेतासँग परामर्श र ढाडस दिनुभएको छैन ।

तीन नेताबाहेक सर्वसम्मत बनाउनुपर्ने अवस्थामा भने भीम रावल, अष्टलक्ष्मी शाक्यसमेत उपाध्यक्षको दौडमा मिसिँदा झन् सकस हुने निश्चित छ । रावलले वरिष्ठ उपाध्यक्ष सुरक्षित गर्न सके अध्यक्षको उम्मेदवारी घोषणा स्वतः निष्क्रिय हुने अनुमान निकटवर्तीहरुले गरेका छन् ।

दाबीका आधार
पोखरेलले दुई कार्यकाल महासचिव भएर संगठनको नेतृत्व गरेको र अध्यक्ष ओलीपछि पार्टीमा आफू नै वरिष्ठ भएकाले आफ्नो दाबी स्वभाविक रहेको बताउनुभएको छ । उहाँले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताउनुभएको थियो ।

‘व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री, मेरो निरन्तरता, मेरो क्षमता म डिजर्भ गर्छु भनिरहनै परेन,’ उहाँको भनाइ थियो । एकथरीले अध्यक्षमा नै दाबी गर्न भने पनि पोखरेलले त्यसो गर्दा अन्तिम कार्यकाल पदाधिकारी बाहिर रहने निश्चित भएकाले वरिष्ठ उपाध्यक्ष नै रोज्नुभएको हो ।

नेकपाबाट दुई पार्टी अलग भएपछि एमालेलाई कतिपय माओवादी केन्द्रका नेताहरुले नेकपाको निरन्तरताकारुपमा बुझेका छन् । नेकपाकालमा ओलीपछिको वरीयतामा प्रचण्ड रहेको र उहाँ अलग भएकाले त्यस वरीयतामा माओवादी केन्द्रका सिनियर नेता बादल हुनुपर्ने आवाज पनि उत्तिकै छ । अझ नेकपाकालदेखि पछिल्ला दिनहरुमा ओलीको नेतृत्व र अभियानलाई सफल बनाउन आफूले पिल्लरको काम गरेको बादलको बुझाइ छ । सार्वजनिक नगरे पनि वरिष्ठ उपाध्यक्ष हुनेमा बादल ढुक्क रहनुभएको छ ।

कुनै समय भावी अध्यक्षकोरुपमा हेरिनुभएका नेम्वाङको आकांक्षा पनि सेकेन्ड म्यानमा तीब्र देखिन थालेको छ । वरिष्ठ उपाध्यक्ष जसरी पनि हुनैपर्ने गरी नेम्वाङका दिनहरु बितिरहेका छन् । उहाँले नेपाली बहससँग आज बिहान भन्नुभयो, ‘अध्यक्ष केपी ओली नै हो, उपाध्यक्षमा चुनाव लड्ने कुरा भएन ।’