अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीबाट बेपत्ता हुने यी हुन् एकै परिवारका १६ जना (नामावली)

सिन्धुलीबाट बेपत्ता हुने यी हुन् एकै परिवारका १६ जना (नामावली)


काठमाडौं-सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ।

वडाध्यक्ष रविन श्रेष्ठले बेपत्ता हुने हायु परिवारका सदस्यको सूची सार्वजनिक गरेका हुन्।  

प्रहरीका अनुसार एकै परिवारका १६ जना तीन दिनअघि रामेछापसम्म पुगेको थाहा भएको छ।
बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताउनुभयाे। 

त्यसयता उक्त मोबाइल पनि नचलेको र लोकेसन ट्रयाक गर्न नमिलेको प्रहरीले जानकारी दिएको छ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

यी हुन् बेपत्ता भएकाहरू  
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनि)

Skip This