अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘श्रम संसार नागरिक एप’ सार्वजनिक

‘श्रम संसार नागरिक एप’ सार्वजनिक


काठमाडौं-रोजगारी खोज्ने र दिने दुवै पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले नेपाल सरकारको जब पोर्टल ‘श्रम संसार’ नागरिक एप सार्वजनिक गरिएको छ।

नागरिक एपमार्फत नै रोजगारीका अवसर हेर्न, योग्यता अनुसार खोज्न र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिन सकिनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको यस पोर्टलको नागरिक एपसँग एकीकरण भएसँगै रोजगारीसँग सम्बन्धित सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र झन्झटरहित बनाउने विश्वास गरिएको छ।

सिंहदरबारमा आयोजत कार्यक्रममा एप सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभयाे।

उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र बाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताउनुभयाे। उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी सरकार अघि बढेको पनि उल्लेख गर्नुभयाे।