अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटननामा परी एकको मृत्यु एक घाइते

दुर्घटननामा परी एकको मृत्यु एक घाइते


मार्तडी- जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।

अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी  पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ । साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।

फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८प ४०५० नंको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो