अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि मौसम सुधार हुने

आज देखि मौसम सुधार हुने


काठमाडौं -आज देखि देशमा मौसम सुधार हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले दिएको जानकारीअनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।

आज राजधानी काठमाडौंसहित देशका धेरैजसो स्थानमा घाम देखिने सम्भावना रहेको उनले बताइन्।

तर केही स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेकाले चिसोबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार नेपालमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव जारी छ। यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।