अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा कस्ता मतदाताले कसलाई प्रभाव पार्छन्

निर्वाचनमा कस्ता मतदाताले कसलाई प्रभाव पार्छन्

२०७४ को मतपरिणाम हेर्दा ९५ प्रतिशत मतदाता दलीय रुपमा विभाजित देखिन्छन्


दल
लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । दल भनेको निर्वाचनको माध्यमबाट पदहरु प्राप्त गरेर शासन प्रणालीलाई नियन्त्रण गर्न खोज्ने व्यक्तिहरूको समूह हो जसले सत्तामा पुग्दा सरकारी नीतिहरू तर्जुमा गर्नुका साथै कार्यान्वयन गर्ने पनि हो । यद्यपी यसका सदस्यहरू आफ्नो आय, प्रतिष्ठा र शक्तिको लागि व्यक्तिगत इच्छाबाट प्रेरित हुन्छन् जुन पद उनीहरु प्राप्त गर्छन । यसरी तिनीहरूको सामाजिक कार्यहरू पूरा गर्नु तिनीहरूको निजी महत्वाकांक्षाहरू प्राप्त गर्ने माध्यम पनि हो । निर्वाचित नभई कुनै पनि पदको उपभोग पाउन नसकिने भएकाले हरेक दलको मुख्य लक्ष्य निर्वाचन जित्ने हो । यसका लागि सबै कार्यहरू अधिकतम मतहरु प्राप्त गर्न लक्षित हुन्छन् र यसले नीतिहरूलाई आफ्नो उद्देश्यका लागि साधनको रूपमा प्रयोग गर्दछन् । पार्टीहरु जव कमजोर हुन्छन् तव गठबन्धन बन्छ । तल यसबारेमा छोटो चर्चा गरिने छ ।

गठबन्धन के हो ?
परम्परागत गठबन्धन साहित्य अनुसार शक्ति सन्तुलन गर्न गठबन्धनहरू बनाइन्छ । यसबाहेक गठबन्धन विचको एकताको लागि स्पष्ट सिद्धान्त हुनुपर्छ ताकि गठबन्धनहरू प्रायः कसैको वा केहिको विरुद्ध गठन हुन्छन् । उदाहरणको लागि वर्तमान सत्ता गठबन्धन विशेष गरेर केपी ओली र उहाँले नेतृत्व गर्नु भएको एमालेको विरुद्धमा भएको स्पष्ट देखिन्छ । गठबन्धनको लक्ष्य पार्टीको अस्तित्व कायम गर्न अर्को शक्ति वा शक्तिहरूको गठबन्धन विरुद्धको धम्की हो । जस्लाई सामान्यतया क्षमताहरू (शक्ति) र अभिप्राय (दुवै प्रेरणा र धारणा) को संयोजनको रूपमा परिभाषित गर्न सकिन्छ । जति धेरै धम्की बढ्दै जान्छ, सिद्धान्त र साझा संस्कृतिको महत्व कम हुदै जान्छ ।

गठबन्धनमा गर्दा दुई पक्ष हुन्छन् । एउटा प्रमुख शक्तिको विरोधमा वा कमजोरी पक्षको सहयोगी हुने र अर्को मुख्य प्रतिस्पर्धी वा शक्तिशालीको सहयोगी हुने (ब्यान्ड वागन) । सरल शब्दहरूमा भन्नु पर्दा (ब्यान्ड बार्गेनिङ) भन्दा सन्तुलन धेरै सामान्य हुन्छ किनभने बढी सुरक्षित हुनको लागि प्रतिपक्षहरूले संयुक्त गठबन्धनको विरोधको सामना गर्नु पर्दछ । त्यतिकै रुपमा प्रतिपक्षी गठबन्धनहरूबाट उक्साउनबाट जोगिनु पर्छ । नेपाली कांग्रेसले चार कमजोर पक्षहरु जस्तै माओवादी, जनता समाजवादी, नेकपा एस र राष्ट्रिय जनमोर्चालाई समेटेर गठबन्धन बनाएको छ जुन हेनरी किसिन्जरको मेलमिलापको नीतिसँग प्रभावित छ जुन त्रिकोणीय सम्बन्धमा कमजोर पक्षसँग पङ्क्तिबद्ध हुनु हो ।

पछिल्लो प्रदेश र संघीय निर्वाचनमा एमालेको संस्थागत मत स्विङ भई वाम गठबन्धनको कारण माओवादीमा गएको अनुमान गर्न सकिन्छ ।

अर्को तर्फ राप्रपा नेपाल र परिवार दल जस्ता सासाना पार्टीहरु सूर्य चिन्ह लिएर शक्तिशाली एमालेलाई सहयोगी भएको देखिन्छ । यसमा एमाले बढी लाभान्वित हुन्छ र उसले पाँच दलीय गठबन्धन विरुद्धको चुनावी प्रचारलाई गति दिन सक्छ । सत्ता गठबन्धनमा नेकपा एस र राष्ट्रिय जनमोर्चा जस्ता सामेल हुनाले यिनको प्रभाव बढेको छ किनभने कमजोर पक्षलाई सहयोगको बढी आवश्यकता हुन्छ । एमाले जस्तो बलियो पक्षमा सामेल हुनाले यसको विपरित, राप्रपा नेपाल र परिवार दल जस्ताको प्रभाव घटाउँछ किनभने यसले गठबन्धनमा अपेक्षाकृत कम भुमिका खेल्छ जस्का कारण नयाँ साझेदारहरूको इच्छालाई कमजोर बनाउँछ ।

यी दुवै मान्यताबाट प्रभावित गठबन्धनको बारेमा वहस गर्दा नेपालका दुई नेताहरुको स्थापित गर्नु भएको नारालाई बिर्सनु हुँदैन । पहिलो बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप हो जुन परम्परागत शक्ति राजासंग गरिने एकता थियो भने दोश्रो पुष्पलालको संयुक्त जनआन्दोलन तानाशाही राजतन्त्र विरुद्ध थियो । गणतन्त्र स्थापना हुदै हाल सम्मको राजनैतिक अवरोहहरु अध्ययन गर्दा संयुक्त जन आन्दोलनको नारा स्थापित भएको मानिन्छ किनकी यस नाराले दुवै लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै लगेको छ । तानाशाही सत्ताको विरुद्ध विगतमा गरेको संयुक्त आन्दोलनले गणतन्त्र स्थापना गर्न सफल भएको थियो ।

गठबन्धनले मतदातामा पार्ने प्रभाव
सरकार विशेषीकृत निकायको हो जुन सवै क्षेत्रका निकाय वा व्यक्तिहरूमा आफ्नो निर्णयहरू लागू गर्न सक्षम हुन्छ । एक लोकतान्त्रिक राजनीतिक संरचनामा सरकारले आफ्नो लक्ष्यलाई तीन सर्तहरूमा पछ्याउँछन् । विपक्षी दलहरू अस्तित्व, आर्थिक तथा सामाजिक वातावरणको अनिश्चितता र निर्णय गर्ने मतदाताहरु । यही मान्यतामा लोकतान्त्रिक सरकार आवधिक रूपमा चुनावको माध्यमबाट छानिएको हुन्छ जसमा दुई वा दुईभन्दा बढी दलहरू सबै मतदाताको मतका लागि प्रतिस्पर्धा गर्छन् । बि. सं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन र प्रदेश तथा संघीय निर्वाचनमा एमाले, माओवादी र राप्रपा मोर्चा भएको थियो ।

नेपालको संविधानले दुवै प्रत्यक्ष र समानुपातिक सिद्धान्तबाट निर्देशित निर्वाचन प्रणालीलाई अंगिकार गरेको छ । तुलनात्मकरुपमा प्रत्यक्ष भन्दा समानुपातिक निर्वाचनमा पार्टीगत मत जान्छ । निर्वाचनमा कति प्रतिशत मत तल माथि हुन्छ वा स्विङ हुन्छ जस्का कारण संभावित निर्वाचन परिणाम उलट पलट हुन्छ । निर्वाचनमा दुई वा दुई भन्दा बढी दलहरु गठबन्धन वा मोर्चा गर्दा कति मत स्विङ हुन्छ स्पष्ट भन्न गा¥हो हुन्छ तापनि यस लेखमा समानुपातिकमा भन्दा प्रत्यक्षमा मत आउनु भनेको एउटा पार्टीको स्विङ भई गएको मतले अर्को पार्टीको उमेद्ववार निर्वाचित हुन सक्छ भन्ने मान्यतामा प्रत्यक्ष र समानुपातिक मतको अन्तरलाई स्विङ मत भनि परिभाषित गरिएको छ ।

पछिल्लो प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले क्रमशः समानुपातिकमा ३२.७८ र १३.७६ र प्रत्यक्षमा क्रमशः ३५.७५ र १५.०४ पाएका थिए अर्थात नेकाले २.९७ र माओवादीले १.३८ मत पार्टीगत वाहेक अरुको समर्थन पाएको देखिन्छ । एमाले ९२.५७ र अन्य पार्टीहरु ९१.७८ को जम्मा ४.३५ मतदाताहरुले सातवटै प्रदेशहरुमा नेपाली कांग्रेसको पक्षमा र छ प्रदेशहरुमा माओवादीले स्विङ मत पाएको तथ्याङ्कले देखाउछ । राजनैतिक विसंगति बढ्दै जानु र एमाले लगायत तराई मधेस केन्द्रित पार्टीहरु विभाजनको कारण यो ४.३५ स्विङ मत बढ्न सक्छ तर विकल्पमा ससक्त पार्टी नभएकाले यिनै पार्टीहरु मध्येबाट छान्नुको विकल्प पनि छैन जसका कारण सम्भावित खस्ने मतमा कमि हुन सक्नेछ ।

तिनै तहमा विगतमा जितेको पदहरु कसरी सम्बन्धित पार्टीले पुनः जित्न वा गुमाउन सक्छ भन्नको लागि स्विङ मतको अवस्थाको प्रदेशगत विवेचना गर्दा सवै भन्दा स्विङ हुने क्रमश गण्डकी १४.१६, वाग्मती ७.५०, प्रदेश नं १ ६.०५, कर्णाली ५.४८, मधेस ४.६३, लुम्विनी ३.२३ र सुदूरपश्चिम २.३० हुन् । पछिल्लो प्रदेश र संघीय निर्वाचनमा एमालेको संस्थागत मत स्विङ भई वाम गठबन्धनको कारण माओवादीमा गएको अनुमान गर्न सकिन्छ । उदाहरणका लागि गण्डकीे एमालेको धेरै स्विङ मत नेपाली कांग्रेसले भन्दा माओवादीले प्राप्त गरेको कारण नेकाले चाहे अनुसारको सिट जित्न सकेन । समग्रमा वामपन्थी एकताको कारण एमाले र माओवादी दुवैको मत बढ्नाले दुईतिहाई उन्मुख सांसदहरु जिताउन सफल भएता पनि स्विङ मतको आधारमा हेर्दा एमालेलाई भन्दा माओवादीलाई बढी फाईदा भएको पाईन्छ ।

नवप्रवेशीहरुले मतदातामा पार्ने प्रभाव
यस बर्ष २०७९ मा आवधिक निर्वाचनहरु हुदैछन् । नेपालका पार्टीहरु अन्य पार्टीका कार्यकर्ताहरु भित्र्याउने राजनैतिक गतिविधि गराईराखेका छन् । स्थानीय मुद्धा जति प्रभावशाली भएता पनि पालिकाको प्रमुख र अध्यक्षको निर्वाचन तुलनात्मक रुपमा राजनैतिक हुन्छ किनभने पछिल्लो निर्वाचनको नतिजा हेर्दा लगभग ९५प्रतिशत मतदाताहरु पार्टीगतरुपमा विभाजित छन् ।