विराटनगर – प्रदेश १ का १ हजार ८७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना हुने छन् ।
विराटनगरमा आज सम्वाद समूहद्वारा आयोजित कार्यक्रममा अधिकारीसहित मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले निर्वाचन तयारीबारे जानकारी दिनु भयो। यस्तै अपुग भएका जनपथ प्रहरीको व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश प्रहरी कार्यालयले समन्वय गरिरहेका छन् ।
आचारसंहिता पालना गर्ने गराउने, मतदान केन्द्रको अवस्थाबारे जानकारी लिने, मतदान केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ति दिने, आवश्यक सामग्रीहरुको बाँडफाँट र व्यवस्थापन गर्ने काम पनि अहिले धमाधम भइरहेको छ ।







प्रतिक्रिया