अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २४ मा जलेको बालकोट घरबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने

भदौ २४ मा जलेको बालकोट घरबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनी भएको आफ्नै घरबाट सम्बोधन गर्ने भएका छन्। भदौ २४ को घटनाको एक वर्ष पुगेको अवसरमा अध्यक्ष ओलीले बुधबार भक्तपुरको बालकोटस्थित जलेको घरबाट दिउँसो २ बजे सम्बोधन गर्न लागेका हुन्।

एमाले युवा संघ नेपालका नेता निरोज पौडेलका अनुसार ओलीले बालकोटस्थित सोही घरबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।

घटनाको एक वर्ष पुगेकै दिन ओलीले घटनास्थलबाटै सम्बोधन गर्न लागेकाले उनको सम्बोधनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। सम्बोधनका क्रममा ओलीले भदौ २४ को घटनालगायत समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।