अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएलमा आज गुजरात र हैदराबाद भिड्दै

आईपीएलमा आज गुजरात र हैदराबाद भिड्दै


काठमाडौं – आईपीएलमा आज दुई बलियो टोली आमनेसामने हुँदै छन् । सात खेलमा छ जित निकाले गुजरातले १० अंकसहित तेस्रो स्थानमा रहेको सनराइर्जस हैदराबादसँग मुम्बईको वानखडे स्टेडियमा बेलुका पौने आठ बजे खेल्दै छ ।

यी टोलीबिच भएको अघिल्लो खेलमा सनराइर्जसले आठ विकेटको जित निकालेको थियो । यसपटक गुजरात त्यसको बदाला लिने दाउमा रहेको छ । दुवै टोलीमा धेरै म्याच जिताउन सक्ने खेलाडी रहेका छन्, त्यसैले यी दुई बिचको खेल निक्कै नै रोमाञ्चक हुने छ ।

हार्दिक पाण्डेया यस पटक गुजरातका लागि सबैभन्दा ठूलो प्लस प्वाइन्ट बनेका छन् । पावर प्लेमा बलिङदेखि फस्ट विकेट डाउनमा ब्याटिङ गर्ने उनी टोलीको आवश्यकता अनुसार आफ्नो भूमिका निर्वाह गर्ने गरेका छन् । डेभिड मिलर र राहुल तेवाटिया जस्ता ब्याट्सम्यानले मिडल अर्डरको जिम्मेवारी राम्रोसँग सम्हालिरहेका छन् ।