अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बक्सिङ च्याम्पियनसिपका लागि महिला नेपाली टोली टर्की जाँदै

बक्सिङ च्याम्पियनसिपका लागि महिला नेपाली टोली टर्की जाँदै


काठमाडौं – ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।

८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ । नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, ५२ केजीमुनी तौलसमूहमा मिनु गुरुङ, ५७ केजीमुनी तौलसमूहमा चन्द्रकला थापा र ६० केजीमुनी तौलसमूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

यीमध्ये तामाङ आईबा युथ विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा छैठौं स्थानमा छिन् । मिनु १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन भने पुनमले अघिल्लो महिना थाइल्याण्ड ओपन इन्टरनेशसनमा कांस्य पदक जितेकी थिइन् ।

बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर र दीपक महर्जनले प्रशिक्षकको भूमिकामा रहनेछन् भने बक्सिङ संघका केन्द्रीय सदस्य योगाचार्य पुस्करराज पन्त व्यवस्थापक छन् ।