अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

राष्ट्रिय फुटबल टोली आज कतार जाँदै


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । एएफसी एसियन कप छनोट खेल्न नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो ।

त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् ।

एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप–२०२३ मा छनोट हुने छन् ।