काठमाडौँ- नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ।
एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ।
अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।



प्रतिक्रिया