अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओमानमाथि नेपालको सहज जित

ओमानमाथि नेपालको सहज जित


काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार राति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ।
जितको लागि पाएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा १६७ रन बनाएर पूरा गरेको हो।
अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा टस जितेर ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १६३ रन बनाएको थियो। ओमानका लागि जीसन मक्सुदले सर्वाधिक ५२ रनको पाली खेले। त्यस्नै सन्दीप गोउदले ४७ रन बनाए।
ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १ १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पाली खेलेका थिए।
कुशलले ५६ रन बनाए भने आसिफले ६२ रनको पाली खेले। देव खनालले १० रन बनाउँदै रोहित पौडेल २६ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले अविजित ६ रन बनाए।

यससँगै लिगको तालिकामा नेपाल पाँचौं स्थानमा उक्लिएको छ। नेपालले १५ खेलबाट समान १५ अंक हात पारेको छ।

आज सोही मैदानमा नेपालले अमेरिकाको सामना गर्दै छ। उक्त खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ।