अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यू

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यू


भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा गए राति करिब ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी र अर्का एकको दुर्घटनामा परेर मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

Skip This