काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो ।


प्रतिक्रिया