अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा भोली देखि ‘टी टेन ईन्डोर क्रिकेट लिग’ प्रतियोगिता हुँदै

ललितपुरमा भोली देखि ‘टी टेन ईन्डोर क्रिकेट लिग’ प्रतियोगिता हुँदै


भक्तपुर -एस स्पोर्टस् एण्ड इभेण्ट्सले ललितपुरमा भोलि शुक्रबारदेखि ५ दिनसम्म ‘टी टेन ईन्डोर क्रिकेट लिग’ प्रतियोगिता गर्दैछ ।
ग्वार्कोस्थित बलपार्क स्पोर्ट्स एण्ड इभेण्ट्सको इन्डोर हलमा हुन लागेको उक्त प्रतियोगितामा उपत्यकाका तिनै जिल्लाका विद्यार्थी एवं युवा मिश्रित १० वटा समूहबीच प्रतिष्पर्धा हुँदैछ ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी सकिएको आयोजक संस्थाका प्रमुख तथा आयोजक टोलीका कप्तान सर्वोच्च बस्नेतले जानकारी दिनुभयो ।

असार १० देखि १४ गतेसम्म हुने प्रतियोगितालाई क्रिकेटप्रमीहरुले अभिरुचीसाथ हेरेका छन् ।

यो प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत र बाहिरी क्रिकेट खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको टाइटल स्पोन्सर ट्वान्टी फष्ट रेष्टो, पेप्सीकोला, इभेन्ट स्पोन्सर ई हब इन्टरनेशनल कन्सल्टेन्सी, मुख्य प्रायोजकमा जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र तिनकुनेस्थित आइएसएमटी कलेज रहेका छन् ।

आयोजक संस्थाले पहिलोपल्ट यस किसिमको उपत्यकाव्यापी प्रतियोगिता गर्न लागेको हो ।

उक्त संस्था चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो । इन्डोरको फुल कोर्टमा यसरी हुन लागेको यो सम्भवतः मुलुकमै पहिलोपल्ट हो ।

प्रतियोगिताको विजेताले नगदसहित प्रमाणपत्र र अवार्ड पाउनेछन् । प्रतियोगीताभर ४ सय भन्दा बढी क्रिकेटप्रेमी र खेलाडी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।

त्यस्तै इजुकेशनल प्रयोजक ग्लोबेन्सी कन्सल्टेन्सी र अन्य प्रायोजनमा वील्सन कन्सल्टेन्सी, मेगासिटी इन्जिनियरिंग र ट्रेनर जेम्स इन्स्टिच्युसन रहेका छन् । त्यस्तै आउटफिट प्रायोजन आरजे स्पोर्टस् रहेको छ ।