अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


काठमाडौं – एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो । सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो ।

जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो । नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।