अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जननेता मदन भण्डारीको लोकतान्त्रिक छवि

जननेता मदन भण्डारीको लोकतान्त्रिक छवि


जननेता मदन भण्डरीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलीय जनवाद, उहाँका विचारहरू, उहाँको चमत्कारिक व्यक्तित्व र वक्तृत्वकला तथा क्रान्तिकारी नैतिकता एवम् इमान्दारितासित प्रतिस्पर्धा गर्न डराएर नै उहाँको षड्यन्त्रमूलक ढंगले हत्या भएको हो भन्ने कुरामा अब सायदै दुईमत होला । जननेताको भौतिक शरीर अस्तित्वमा नभए पनि उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त र विचारको आलोकमा नेपाली समाजको परिवर्तन प्रक्रिया अघि बढिरहेको छ ।

कम्युनिष्ट पार्टी र त्यसका नेताहरू अलोकतान्त्रिक हुन्छन् भन्ने बुर्जुवा तथा पूँजीवादीहरूको कुप्रचार छँदैथियो । अनि स्वयम् कम्युनिष्ट पार्टीहरूकै पनि जडसुत्रवादी दृष्टिकोण र अभिव्यक्तिहरू सामाजिक–आर्थिक अधिकारकै पक्षमा बढी जोड दिने तथा नागरिक तथा राजनीतिक अधिकारका पक्षमा कम ध्यान दिने प्रकृति र प्रवृत्तिका थिए । यस्तो बेलामा आन्दोलनभित्रको जडतालाई चिरेर प्रस्फुठित हुनु र विपक्षीका आरोपहरूलाई जनताले बुझ्ने भाषा शैलीमा र विश्वास जित्ने हिसावले विचार प्रवाह गर्नसक्नु मदन भण्डारीका सामू चुनौतिहरू थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनका बाधक तर ती बाधाहरू हटाएर मात्रै आमूल परिवर्तनको आन्दोलनलाई गन्तव्यमा लैजान सकिने उच्च मनोबलका साथ कम्युनिष्ट युवा नेता मदन भण्डारी माक्र्सवाद–लेनिनवादको प्रकाशमा हिम्मत, साहस र इमान्दारिताकासाथ अग्रसर हुनुभयो । करीव तीन वर्षकै खुल्ला राजनीतिक क्रियाकलापका दौरानमा उहाँले विरोधीहरूको कुप्रचारलाई अर्थहीन, निराधार र पूर्वाग्रहपूर्ण भएको सावित गराउन महत्वपूर्ण सफलता हासिल गर्नुभयो । उच्च लोकतान्त्रिक मूल्य, मान्यता र चरित्र भएको हुनाले नै उहाँ जननेताको रूपमा स्थापित हुन सफल पनि हुनुभयो । यसर्थ उहाँको सन्दर्भमा ‘जननेता’ को विशेषण र ‘लोकतान्त्रिक चरित्रको व्यक्तित्व’ पर्यायवाची जस्तै भएर आउँछन् ।

कम्युनिष्ट पार्टी र त्यसका नेताहरू अलोकतान्त्रिक हुन्छन् भन्ने बुर्जुवा तथा पूँजीवादीहरूको कुप्रचार छँदैथियो । अनि स्वयम् कम्युनिष्ट पार्टीहरूकै पनि जडसुत्रवादी दृष्टिकोण र अभिव्यक्तिहरू सामाजिक–आर्थिक अधिकारकै पक्षमा बढी जोड दिने तथा नागरिक तथा राजनीतिक अधिकारका पक्षमा कम ध्यान दिने प्रकृति र प्रवृत्तिका थिए । यस्तो बेलामा आन्दोलनभित्रको जडतालाई चिरेर प्रस्फुठित हुनु र विपक्षीका आरोपहरूलाई जनताले बुझ्ने भाषा शैलीमा र विश्वास जित्ने हिसावले विचार प्रवाह गर्नसक्नु मदन भण्डारीका सामू चुनौतिहरू थिए ।

संयुक्त जन–आन्दोलनमा उठानमा योगदान
तीस वर्षदेखि लादिएको निरंकूश तानाशाही पञ्चायती व्यवस्था समाप्त पारेर लोकतान्त्रिक प्रणाली स्थापना गर्न वाममोर्चा निर्माण गर्ने र सो कार्यका लागि नेपाली कांगे्रसलाई समेत साथमा लिएर संयुक्त संयन्त्र मार्फत संघर्ष गर्ने नीति र योजना निर्माण मदन भण्डारीकै अगुवाईमा भएका थिए । प्रतिवन्धित दलहरूका बीचमा भएका अन्तरविरोधहरू तत्काललाई थाति राखेर आन्दोलनको साझा विन्दु पहिल्याउने र मुख्य शत्रुसँग लड्दै प्रगतिशील रूपान्तरणको निम्ति योगदान गर्ने मान्यता विकास गर्न उहाँ सफल हुनुभयो । फलतः जन–आन्दोलनको सफलतापछि ०४६ सालको अन्त्यमा मुलुकमा बहुदलीय राजनीतिक प्रणाली स्थापना भयो ।

साँच्चै भन्ने हो भने त्यसबेलासम्मको नेपाली राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीको पहलकदमीमा संचालित एवम् महत्वपूर्ण सफलतामा अवतरित भएको त्यो आन्दोलन पहिलो थियो र अनेकौं धारमा विभाजित वामपन्थी दलहरूमा तत्कालीन नेकपा (माले) एक क्रान्तिकारी छवी भएको तथा संगठन र शक्तिको हिसाबले पनि पहिलो नै थियो । उक्त आन्दोलनमा कम्युनिष्ट पार्टीको संलग्नता र आन्दोलनको सफलतापछि प्राप्त महत्वपूर्ण उपलब्धी तथा खुल्ला समाज स्थापनापछि विचार र संगठन विस्तार गर्न प्राप्त अवसरले कम्युनिष्ट आन्दोलनलाई जनताको बीचमा स्थापित र विस्तारित ग¥यो ।

अनेकौं गुट तथा उपगुटमा विभाजित वाम आन्दोलन र वामपन्थी तथा कांगे्रसको बीचमा रहेको तीक्ततापूर्ण अवस्थाले निरंकूश राजतन्त्रलाई लम्व्याउन सहयोग पु¥याइरहेको थियो । यी दुबै प्रतिकूतलतालाई अनुकूलतामा बदल्न तथा तत्कालिन नेकपा (माले) लाई एक जिम्मेवार र विश्वासीलो कम्युनिष्ट पार्टीको रूपमा उभ्याउन जननेतलाई सफलता मिल्यो । यसरी नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण शक्तिको रूपमा चिनाउन सफलता प्राप्त भयो । मदन भण्डारीमा लोकतान्त्रिक उच्चस्तरको मुल्य, मान्यता र चरित्र भएकाले नै ऐतिहासिक उपलब्धि हासिल गर्न सकिएको हो ।

उच्च लोकतान्त्रिक मूल्य, मान्यता र चरित्र भएको हुनाले नै उहाँ जननेताको रूपमा स्थापित हुन सफल पनि हुनुभयो । यसर्थ उहाँको सन्दर्भमा ‘जननेता’ को विशेषण र ‘लोकतान्त्रिक चरित्रको व्यक्तित्व’ पर्यायवाची जस्तै भएर आउँछन् ।

जनउत्तरदायी कम्युनिष्ट पार्टी निर्माण
२०४६ सालको ऐतिहासिक जन–आन्दोलनको सफलतापछि मुलुक खुल्ला वातावरणमा प्रवेश ग¥यो । तत्कालीन नेकपा (माले) लाई खुल्ला गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र छलफल चल्यो र खुल्ला गर्नु हुँदैन भन्ने पक्षमा समेत बलियो मत रह्यो । जननेताले पार्टीलाई ‘खोपीको देउता’ बनाउनु नहुने तर्क राख्नु भयो । जनताको आन्दोलनले हासिल गरेको उपलब्धीलाई आत्मसात गर्नुपर्ने, बलीदानको अवमूल्यन गर्नु नहुने, व्यापक अर्थमा पार्टी जनताकै भएकोले पार्टीलाई जनताप्रति उत्तरदायी बनाउनु पर्ने, कम्युनिष्ट पार्टीले प्रतिष्पर्धालाई स्वीकार गर्नुपर्ने, जनमतबाटै कम्युनिष्ट पार्टी राज्यको नेतृत्वमा पुग्नु पर्ने र अनुमोदित हुनु पर्ने, नेता तथा कार्यकर्ता समेत जनताको मूल्यांकनको दायराभित्र पर्नुपर्ने जस्ता दृष्टिकोणहरू अगाडि सार्दै उहाँले आफ्नो मान्यतालाई स्थापित गराउनु भयो र तत्कालीन नेकपा (माले) कम्युनिष्ट पार्टीकै नामबाट राजनीतिमा क्रियाशील हुने टुंगो लाग्यो । यो निर्णयले एकातिर कम्युनिष्ट पार्टीले लोकतन्त्रलाई आत्मसात गर्नुपर्दछ र गर्दछ भन्ने सन्देश दियो भने अर्कोतिर कम्युनिष्ट पार्टीलाई गाउँका कुना कुनासम्म पनि विस्तार गर्न मद्दत ग¥यो ।

उहाँ सैद्धान्तिकरूपले नै लोकतन्त्रप्रति प्रतिबद्ध हुनुभएकोले पार्टी खुल्ला गर्नु हुँदैन भन्ने पक्षमा आएको मतलाई सैद्धान्तिक र व्यावहारिक रूपमै खण्डन गर्नु भयो र अन्ततः आफ्नो मान्यतालाई स्थापित गर्न सफल हुनुभयो । यस्तो ऐतिहासिक मोडमा मदन भण्डारी लोकतान्त्रिक पद्धति र प्रक्रियालाई गहिरोगरी आत्मसात गर्ने कम्युनिष्ट नेता बन्नु भयो ।

संविधानलाई आलोचनात्मक समर्थन : लोकतन्त्रको नमूना
ऐतिहासिक जन–आन्दोलनको सफलतापछि २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्थाको घोषणा भयो । संविधान निर्माणको निम्ति संविधान सुझाव तथा सुधार आयोग गठन गरियो । उक्त आयोगमा तत्कालीन माले पार्टीको तर्फबाट समेत प्रतिनिधि पठाइयो । संविधान आयोगको विरुद्धमा राजतन्त्रले षड्यन्त्र गरेर आफूले चाहेको संविधान ल्याउन कोशिस ग¥यो तर त्यो सफल हुन सकेन । जननेताले संविधानलाई जनपक्षीय बनाउन जिम्मेवार पार्टीको जिम्मेवार नेताको हैसियतले सक्दो प्रयास गर्नुभयो ।

उहाँले संविधान आयोगमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलका गलत दृष्टिकोणका बिरुद्धमा समेत विचार व्यक्त गर्नुभयो र असल संविधान निर्माणका निम्ति पहल गर्न तिनीहरूलाई आव्हान गर्नुभयो । संविधान तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज भएकोले आफ्नो पार्टीले चाहेजस्तो संविधान आउन नसक्ने यथार्थता बुझ्नु भएका जननेताले संविधान सक्दो लोकतान्त्रिक बनाउन ठूलो कोशिस गर्नुभयो । अन्ततः मुलुकले संविधान पायो । २०४७ साल कार्तिक २३ गते “नेपाल अधिराज्यको संविधान २०४७” जारी भयो । तत्कालीन माले पार्टीले उक्त संविधानलाई ‘आलोचनात्मक समर्थन’ गर्ने नीति लियो ।

दाहीने र देब्रे दुबै कोणबाट पार्टी र मदन भण्डारीको विरोध भयो । दाहिने पक्षबाट यो संविधान संसारकै उत्कृष्ट संविधान भएकोले मालेले आलोचना गर्नु बेठिक हो भनियो भने देब्रे पक्षबाट यो संविधानका कुनैपनि पक्षलाई समर्थन गर्न सकिने ठाउँ छैन भनियो । यी दुबै अतिवादीहरूको मदन भण्डारीले खण्डन गर्नुभयो र सन्तुलित तथा लोकतान्त्रिक नीति र व्यवहारका पक्षमा उभिनुभयो । जनताका प्रतिनिधिहरूले समेत उक्त संविधान बनाएकोले त्यसमा जनभावना अभिव्यक्त भएको र यसलाई लत्याएर तत्काल अगाडि बढ्न नसकिने भएकोले त्यसका राम्रा पक्षहरूलाई समर्थन गरिएको र केही धाराहरू नराम्रा र निरंकुशता झल्किने भएकाले आलोचना गरिएको तर्क उहाँले अघि सार्नुभयो ।

सो संविधानप्रतिको आफ्नो असहमती २७ बुँदामा उहाँले सुत्रीकृत गर्दै आम जनताको बीचमा लैजानु भयो र थप उपलब्धीको निम्ति संघर्ष गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो संविधानको एउटा धारामा राजाको विषयमा संसदमा छलफल गर्न नसकिने प्रावधान राखिएको थियो । उहाँले असहमतीका आफ्ना २७ बुँदामध्ये एउटा बुँदामा जनताको बिरुद्धमा भए र संविधानको बिरुद्धमा गए राजालाई समेत महाअभियोग लगाउन सकिने प्रावधान नराखिनु गलत भएको धारणा राख्नुभयो । लोकतन्त्रलाई संस्थागत गर्ने दस्तावेज संविधान नै हो र कानुनी शासनले मात्र लोकतन्त्रलाई सुदृढ पार्न सक्छ भन्ने विश्वास उहाँमा थियो । लोकतन्त्रप्रति उहाँमा अटुट विश्वास भएकोले नै संविधान निर्माणमा उचित ध्यान पु¥याउनु भयो तर जनताले चाहेजस्तो संविधान नआएपछि त्यसको विरोधस्वरूप शालीन ढंगले असहमति प्रकट गर्नुभयो र आएको संविधानको अभ्यास गर्दै जाने र कमजोरी हटाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँमा लोकतन्त्रप्रति उच्च सम्मान भएकाले नै संवेदनशील घडीमा समेत आफ्नो सहमती र विरोधलाई स्पष्टसित राख्नसक्ने क्षमता विकास भएको हो ।

जवजलाई लोकतान्त्रिकरूपमा संस्थागत
अहिले नेकपा (एमाले) ले अवलम्वन गरको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) को विजारोपण २०४६ सालको भाद्रमा सम्पन्न तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनमा नै मदन भण्डारीेको अगुवाई र नेतृत्वमा भएको हो र भूमिगत कालमै भएपनि लोकतान्त्रिक परिधिभित्रैबाट सो बेला जनताको बहुदलीय जनवादी कार्यक्रमको रूपमा जवजले अंकुरण हुने अवसर पाएको थियो । त्यहाँ बहुदलीय प्रतिस्पर्धासहितको नयाँ जनवादको पक्षमा कार्यक्रम पारित भएको थियो ।

सोही विचारका आधारमा मदन भण्डारी चौथो महाधिवेशनबाट पार्टीको मुख्य नेताको रूपमा चयन हुनुभयो । पछि नेकपा (एमाले) को पाँचौ ऐतिहासिक राष्ट्रिय महाधिवेशनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमको रूपमा स्वीकार गरी उहाँको विचारलाई संस्थागत गर्ने ऐतिहासिक दायित्व निर्वाह ग¥यो । उहाँले जवजका १४ वटा विशेषताहरूलाई व्यवस्थित गर्नुभयो ।

ती विशेषताहरूमा संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनी शासन, जनताको जनवादी व्यवस्थाको सुदृढिकरण, विदेशी पूँजी र प्रविधि, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद, क्रान्तिका शत्रु र मित्रहरू र क्रान्तिको बाटो हुन् । यी विशेषताहरूलाई मनन् गर्दा अधिकांश यी विशेषताहरू आधुनिक लोकतन्त्रका सर्वस्वीकृत मान्यताहरू हुन् भन्न लोकतन्त्रको बारेमा बुझेको जो कसैले पनि सजिलै सक्दछ ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले) ले पहिलो पटक आफ्ना दस्तावेजहरूलाई सार्वजनिक वहस र छलफलमा लग्यो । कम्युनिष्ट पार्टीले यस्तो गर्नुहुँदैनथ्यो, यस्तो गर्दा अराजकता हुन्छ, यो पार्टी सदस्यहरूको मात्र चासोको विषय हो, यसले पार्टीमा फुट ल्याउँछ जस्ता अनेकन टिप्पणीहरू दस्तावेजहरूलाई छलफलमा ल्याएपछि नभएका होइनन् । तर उहाँले यसको बचाउ गर्दै क्रान्तिको मार्गचित्र बनाउन कम्युनिष्ट पार्टीले जनतालाई पनि सामेल गर्नुपर्दछ भन्ने धारणा अघि सार्दै नीति निर्माणमा सरोकारवाला सबैको ध्यान आकृष्ट गर्ने लोकतान्त्रिक परिपाटिको वकालत गर्नुभयो । उहाँले अघि सार्नुभएको जवजको दस्तावेज र फरक मतका विभिन्न दस्तावेजहरू देशव्यापीरूपमा छलफलमा गए र कम्युनिष्ट पार्टीका दस्तावेजहरूमाथि सर्वसाधारणले समेत टिप्पणी गर्ने अवसर प्राप्त भयो ।

यस्तो प्रक्रियाले एकातिर पार्टी विस्तारमा मद्दत ग¥यो भने अर्कोतिर पार्टीको नीतिमाथि जनताको अपनत्व जागृत गर्न ठूलो सहयोग पु¥यायो । महाधिवेशनको हलबाट प्रतिनिधिहरूले मतदानद्वारा जननेताले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवादलाई अत्याधिक बहुमतले पारित गरी पार्टीको नीति निर्माणमा लोकतन्त्रको अभ्यास गर्न पुगे । लोकतन्त्रप्रति जननेताको निष्ठाको कारणले नै तत्कालीन अवस्थामा पार्टीले यस्तो प्रक्रियामा जान सम्भव भएको हो ।

पाँचौं महाधिवेशनमा जवजको कार्यक्रम पराजित भएमा तपाईं के गर्नुहुन्छ भनेर पत्रकारले सोद्धा उहाँले त्यसलाई सहर्ष स्वीकार गर्ने र सबैभन्दा तलको कमिटीमा बसेर पार्टीको जिम्मेवारी वहन गर्ने स्पष्ट पार्नुभएको थियो । यस्तो लोकतान्त्रिक नैतिकताको वकालत उहाँले गर्नुभएको थियो ।

आम निर्वाचनमा लोकतन्त्रवादी विजयी हुनुपर्ने उद्घोष
तीस वर्षे तानाशाही पंचायती व्यवस्थाले दलहरूलाई जनतामा पुग्न नदिएकोले र निरंकुशताको खतरा रहिरहेकोले बहुदलीय व्यवस्थापछि हुने आम निर्वाचनमा निरंकुशताका विरोधी शक्तिहरू चुनावी तालमेल गरी चुनावमा उठेर विजयी हुनुपर्ने धारणा र प्रस्ताव जननेता मदन भण्डारीले राख्नुभएको थियो । लोकतन्त्रप्रति जनताको विश्वास र लोकतान्त्रिक प्रक्रियालाई आधारभूत तहमा लैजान र लोकतन्त्रलाई सुदृढ पार्ने उद्देश्यले उहाँले यस्तो धारणा राख्नु भएको थियो ।

तर त्यो संभव हुन अन्य दलहरूले दिएनन् । जनआन्दोलनका पक्षधर राजनीतिक दलका मुल नेताहरू चुनाव उठेको निर्वाचन क्षेत्रमा अन्य दलका नेता नउठ्ने समझदारी बनाउँ भन्ने प्रस्ताव समेत मदन भण्डारीले राख्नु भयो । तर जननेताको यो भनाईलाई कमजोरी ठानियो । यो कुरा नमान्दा आफूलाई लोकतन्त्रका मसिहा ठान्ने दलका नेता र बहालवाला प्रधानमन्त्रीलेसमेत मदन भण्डारीसँगको प्रतिष्पर्धामा पराजय व्यहोर्नुप¥यो ।

कतिपय व्यक्तिहरूले मदन भण्डारीको लोकतन्त्रप्रतिको दूरदृष्टि त्यतिखेर बुझे जब मुलुक हिंसात्मक द्वन्द्वले आक्रान्त बन्यो र तानाशाही लाद्ने दुस्साहस भयो । पुनः निरंकुशताविरोधी दलहरू मिल्नु प¥यो र जनतालाई पटक पटक आन्दोलनमा ओर्लन आह्वान गर्नुप¥यो । लोकतन्त्रका असल हिमायती जननेताको पदचापलाई बुझ्न सकेको अवस्था हुन्थ्यो भने मुलुकले यो नियती भोग्नु पर्दैन्थ्यो ।ं

ध्वंशमात्र होइन निर्माण पनि सँगसँगै गर्नुपर्ने
पहिले क्रान्ति गर्ने त्यसपछि मात्र निर्माणमा लाग्नु पर्छ भन्ने मान्यताले नेपाली कम्युनिष्ट आन्दोलनलाई जकडेको थियो र सुधारका कामबाट जनतालाई सेवा पु¥याउने कुराबाट बन्चित गरिएको थियो । तर मदन भण्डारी यसको विपक्षमा हुनुभयो र क्रान्तिअघि पनि अत्यधिक प्रगतिशील सुधार गर्न सकिन्छ र जनतालाई राहत र सहुलीयत दिन सकिन्छ भन्ने मान्यता अघि सार्नुभयो । गलत कुराको विरोध गर्नुपर्छ र काम नलाग्ने छ भने त्यसलाई समाप्त पार्नु पर्दछ तर अलिकति नै मात्र भएपनि जनतालाई सेवा दिन सकिन्छ भने त्यसतर्फ कम्युनिष्ट पार्टीले क्रान्तिअघि पनि जनताको सेवा गनुपर्दछ भन्ने मान्यता उहाँले स्थापित गर्नुभयो । मदन भण्डारीको रचनात्मक, सृजनात्मक र लोकतान्त्रिक चरित्र यहाँपनि झल्किन्छ ।

नेतृत्व गौण पक्ष
जननेता मदन भण्डारीले नेतृत्व गर्नुभएको तत्कालीन नेकपा (माले) नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने सवालमा प्रचुर मात्रामा सचेत हुँदै पहकदमी लिन अग्रसर भयो र तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) को बीचमा पार्टी एकता भएपछि नेकपा (एमाले) को रूपमा पुनर्गठीत हुनपुग्यो । संगठन, शक्ति र प्रभावको हिसावले तत्कालीन माले तत्कालीन माक्र्सवादीको तुलनामा ज्यादै विस्तारित थियो । यति हुँदाहुँदै पनि दुबै पार्टीको लगभग समान प्रतिनिधित्वद्वारा नै केन्द्रीय नेतृत्व निर्माण हुन पुग्यो र नेकपा (एमाले) गठन भयो । यस बारेमा विभिन्न कोणबाट आलोचना नआएका होइनन् । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने सवालमा नेतृत्व निर्माणका कतिपय पक्षमा उदार हुनुपर्ने कुरा राख्दै नेतृत्व भनेको पहलकदमी र प्रतिष्पर्धाबाट हुने भएकोले जो त्यसमा कमजोर हुन्छ या योग्यता र क्षमता देखाउन सक्दैन आगामी महाधिवेशनले उसलाई मूल्यांकन गर्ने तर्क राख्दै मदन भण्डारीले ती सबै आलोचनाहरूको जवाफ दिनुभयो । अनि आफू पार्टीको प्रमुख हुन सक्ने अवस्था हुँदाहुँदै तत्कालीन माक्र्सवादी पार्टीका प्रमुखलाई अध्यक्ष बनाएर आफू दोश्रो तहको नेता हुन तयार हुनुभयो । नेतृत्व लिन होडवाजी हुनेगरेको नेपाली कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले उच्च लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु भयो । त्यतिमात्र होइन पहिलो आम निर्वाचनपछि संसदीय दलको नेता हुन मदन भण्डारीलाई पार्टीभित्रैबाट जोड गरिएको थियो र उहाँले चाहँदा सजिलै हुन सकिने अवस्था पनि थियो तर त्यो पदमा उहाँले श्रद्धेय मनमोहन अधिकारीलाई स्थापित गराउनुभयो । यसरी चाहे नीति या नेतृत्व हरेक क्षेत्रमा लोकतान्त्रिक भावनाको विकास गर्न मदन भण्डारी जीवनभर अग्रसर हुनुभयो । अनि पार्टी भित्र र बाहिर पनि सहमती र सहकार्यको पक्षमा उहाँले जोड दिनुभयो ।

निष्कर्ष
जननेता मदन भण्डारी लोकतान्त्रिक चरित्र भएका सिद्धान्तकार, विचारक र व्यावहारिक कम्युनिष्ट राजनीतिज्ञ हुुनुहुन्थ्यो भन्ने कुरा बहुदलीय व्यवस्थाको आगमन भएपछि छोटो अवधिमा उहाँले व्यक्त गर्नुभएका विचार र उहाँको व्यवहारले नै छर्लङ्ग हुन्छ । यदि कसैलाई यसमा शंका छ र चुनौति दिनु छ भने त्यो अवधिमा र अझ त्यो भन्दा पनि अघिदेखि उहाँले सार्नुभएको विचार र गर्नुभएको व्यवहारको व्यवस्थित ढंगले अध्ययन तथा विश्लेषण गरे हुन्छ ।

आर्थिक क्षेत्रमा पनि लोकतन्त्रको पक्षमा
विरोधीहरूको पनि मन जितेर कार्यक्रम लागू गराउने हिम्मत उहाँको थियो । क्रान्ति सम्पन्न भएपछि यदि कुनै जमिन्दार क्रान्तिको पक्षमा हुन्छ भने उसलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने दृष्टिकोण उहाँले अघि सार्नुभएको थियो । परम्परागत कम्युनिष्ट सिद्धान्तबाट प्रभावित व्यक्तिहरू यस दृष्टिकोण्को विरुद्धमा ओर्ले भने यस विषयमा उहाँको चौतर्फी आलोचना भयो । तर उहाँ कत्तिपनि आफ्नो मान्यताबाट विचलित हुनुभएन । यसबाट सकेसम्म कसैलाई पनि जबर्जस्ती अरुको विचार लाद्नु हँुदैन भन्ने लोकतान्त्रिक दृष्टिकोण उहाँमा भएको पक्ष भल्किन्छ ।

(अधिकारी, राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव हुनुहुन्छ)