अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईमा गर्मी,पहाडका केही भूभागमा हल्का वर्षाको सम्भावना

तराईमा गर्मी,पहाडका केही भूभागमा हल्का वर्षाको सम्भावना


काठमाडौं- देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईको केही जिल्लामा गर्मी बढ्दा केही स्थानमा भने वर्षाको पनि सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।