अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारबाट हट्नुपरेको पीडा कांग्रेसले संसदमा पोखिरहेको छ: अध्यक्ष ओली

सरकारबाट हट्नुपरेको पीडा कांग्रेसले संसदमा पोखिरहेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाउनुभएको छ।

एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले माने पनि नमाने पनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने बताउनु भयो।

अध्यक्ष ओलील् भन्नुभयो, ‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ। आज ४ गते भयो । १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ। त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनैपर्छ, देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने ?’

अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति आक्रोश पोख्नुभयो। उहाँले भन्नुभयो, ‘आरोप लगाउँछ संसदमा बोल्छु भन्दा बोल्न दिँदैन। हामी संसद चलाउँछौं उसले संसद चाहिँदैन भन्ला रे हामी मान्छौं त ? कांग्रेसले ओलीले संसद विघटन गर्ने ठाउँमा पुर्यायो भनेर बेइमानी कुरा गरिरहेका छन्।’