अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका सांसदबाट अध्यक्ष ओलीमाथि अभद्र व्यवहार भयो: महेश बर्तौला

कांग्रेसका सांसदबाट अध्यक्ष ओलीमाथि अभद्र व्यवहार भयो: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेले आफ्नो पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीमाथि नेपाली कांग्रेसका सांसदहरूले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ। 

एमाले अध्यक्ष ओलीमाथि संसदमा नेपाली कांग्रेसका सांसदहरूले अपमानजनक व्यवहार गरेको प्रमुख सचेतक महेश बर्तौलाले आरोप लगाउनु भएको हो। उहाँले आगामी दिनमा यस्तो नगर्न आग्रह समेत गर्नुभयो।

बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले हौसिएर, मात्तिएर व्यवहार प्रदर्शन गरेको बताउनु भयो।

‘कांग्रसले हौसिएर, मात्तिएर, सरकारको रोमा आएर गृहमन्त्री बोल्न जाँदै गर्दा अभद्र व्यवहार गर्नुभयो,’ बर्तौलाले भन्नुभयो, ‘कांग्रेसका सिनियर माननीयजीले सरकारको रो मा आएर अवरोध गर्ने, उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो। अध्यक्षमाथि अपमानजनक व्यवहार गर्नुभयो।’

उहाँले कांग्रेसले गैरराजनीतिक र अलोकतान्त्रिक व्यवहार भएको पनि बताउनु भयो।