अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई


दमक -चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।
उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरैपटक सशक्त प्रहार गरेका थिए । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् ।

ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । उनीहरुले स्पाइडर म्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे । महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ जिन् ि। आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वल्र्डलाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरे । नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता १ नम्बर प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुर्व आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा एमालका नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबीच भएको प्रतियोगिता ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरिएको हो ।