अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज हुँदै


काठमाडौं-अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका साढे ५ बजे हुने भएको हो ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।