अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसपालीको निर्वाचन ओली र एमालेको रणनीतिक जित 

यसपालीको निर्वाचन ओली र एमालेको रणनीतिक जित 


झापा – हुन त, आम निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । हालसम्मको परिणाम अनुसार यो चुनावले केही पर्दा उघारेर  केही प्रश्नहरू तेस्याएको छ ।

खासमा यो निर्वाचनबाट सैद्धान्तिक रूपमा कसको जीत भयो ? अब बन्ने संसदले कसरी कार्यसम्पादन गर्ला भनेर केही अनुमान गर्न सकिने आधारहरू दिएको छ । निर्वाचनले दिएको अंक गणितका आधारमा भन्न सकिन्छ कि कसले कसरी जित्यो र हा र्‍यो भनेर । अनि आगामी दिन के बन्ने र को जस्तो बन्ने भनेर पनि मार्ग प्रशस्त गरिदिएको छ ।

नेपाली कांग्रेस र शेरबहादुर देउवा

यो निर्वाचनबाट सवैभन्दा बढी फाइदा लिएका व्यक्ति भनेका नेपाली कांग्रेसका सभापति तथा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । दलीय रूपमा उहाँकै नेपाली कांग्रेस । उहाँले आफू मात्र जितेनन्, गठबन्धनको नाममा साझेदारहरूलाई लोप्पा खुवाउँदै आफू ठूलो भाग पाउन सफल पनि हुनुभयो । देउवाले जित्नु, कांग्रेस ठूलो दल हुनु मात्र होइन उहाँको जीत । नेपाली कांग्रेसले स्थायी शत्रुको रूपमा लिने गरेका कम्युनिष्टहरूलाई विभाजित बनाउन उहाँ सफल हुनुभयो । दुईतिहाईको अवस्था बनाइसकेका कम्युनिष्टहरूलाई विभाजित हुन उक्साउने देखि विभाजित भएपछि भाग समेत दिएर आफूतर्फ आकर्षित गर्न सफल उहाँले निर्वाचन मार्फत् म्युनिष्ट विभाजनलाई प्रेरित मात्र गरेनन्, आफ्नो साथमा लिएका केही कम्युनिष्टहरूलाई फेरि उठ्नै हम्ये हम्ये हुने गरी धुलो चटाइ दिनुभयो । 

एउटा कथाको कुरा गरौं, कसै कसैले यसलाई हिटलरको जीवनसँग पनि जोडेर भन्ने गरेका छन् । धेरैले सुनेको कथा पनि हो । एउटा व्यक्तिले बारीमा चर्दै गरेको ढुकुर समायो । प्राकृतिक रूपमा खनी खोस्री गरेर बलियो बनेको त्यो ढुकुरलाई उसले हरेक दिन एउटा भुत्ला उखेल्दै एउटा मकैको गेडो दिने बानि ग¥यो । चर्न जान नपरे पछि ढुकुर पनि मख्ख, बसी बसी  खान पाइयो । यो क्रम चल्दै थियो, एक दिन त्यो ढुकुरका सवै भुत्ला उखेली सकियो र त्यो रौं समेत नभएको नाङ्गो भयो । त्यसबेलासम्म उसको बानी बिग्रीसकेको थियो । अर्काले दिएको चारो मात्र खाने भइसकेको थियो । अर्काले चारो नहालि दिंदा उ भुत्ला बिहिन थियो त्यसैले चाहेर पनि उड्न सक्दैन थियो । बल्ल उसले थाह पायो कि, प्राकृतिक रूपमा उडेर, डुलेर स्वस्थकर आहार खाएर बलिष्ठ बनाएको उ पूरापूर अर्कामा निर्भर भइसकेको थियो । तर ढिला भइसकेको थियो किनकी, उ चाहेर पनि पहिलेको जस्तो उड्न–हिँड्न र चारो खोज्न नसक्ने भइसकेको थियो ।

घरमा धुलिया लाग्यो भनेर, धुलिया सफा गर्नुको साटो कुनै व्यक्तिको रिस र आवगेका कारण घरैमा आगो लगाएर अर्काको याक्सामा शरण लिनुको नतिजा प्रचण्ड र माधव नेपालहरूले खेपिरहेका छन् ।

आखिर पहिलो संविधानसभाको निर्वाचनमा दशकौं शासन गरेको कांग्रेस र जनताका बीचमा  स्थापित हुँदै गरेको एमालेलाई ठिगु¥याएर सवैभन्दा शक्तिशाली बनेको माओवादी आज त्यही रौं उखेलिएको ढुकुर जस्तो भएको छ । एमालेसँग मिले आफ्ना लागि घातक बन्न सक्ने देखेपछि देउवाले माओवादीलाई आफूतिर तानेर नाङ्गो ढुकुर बनाउन सक्नु पनि उहाँको लागि ठूलो  उपलब्धी र जीत हो ।

गठबन्धनका अरू दलहरूले बुझ्नु पर्ने कुरा, अधिकांश ठाउँमा साझेदार कांग्रेस जित्ने र अरू उठ्नै नसक्ने हुनु । जमानत समेत जोगाउन नसक्नु । अब अर्को नाङ्गो ढुकुर हुन पालो पर्खिने कि भाग लगाएको चारो खाएर अल्छि हुँदै गएको आफ्नो ज्यानलाई प्राकृतिक रूपमै बलियो बनाउन जनताका बीचमा लाने ? रोजाई उनीहरूकै हो ।

एमाले र केपी शर्मा ओली

यो निर्वाचनबाट सबैभन्दा ठूलो जीत हासिल गर्ने एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली  हुन् । अंक गणितमा हेर्दा कांग्रेसभन्दा थोरै पछि देखिए पनि एमालेको नीति र नेतृत्व प्रतिको  जनाकर्षण समानुपातिकमा एमालेले पाएको मतले पुष्टी गरेको छ । सिंगो राज्य सत्ता र संयन्त्र आफ्ना विरूद्धमा खनिनु, विगतमा आफूसँगै भएका साझेदारहरू सत्ताको चास्नीमा डुबेर आफंै विरूद्ध भन्किनु, सारा शक्तिहरू एकधुर भएर पार्टी विरूद्ध खनिएका बेला एमाले भित्रै रहेका कतिपय सहकर्मीबाट धोका खानु जस्ता प्रतिकुलताका बीच पनि एमालेको साख जनताले बचाइदिएका छन् । जनताका बीचमा एमाले नै लोकप्रिय रहेको जनताले पुष्टि गरिदिएका छन्। एमाले पार्टीका विरुद्धमा मात्र होइन, पात्रका रूपमा रहेका अध्यक्ष ओलीका विरुद्ध समेत विभिन्न प्रयास भए । निर्वाचन क्षेत्रबाटै उहाँलाई संसदीय राजनीतिमा रोक्न सकिन्छ कि भनेर भरमग्दुर प्रयास भएको हो । स्वतन्त्र उम्मेद्वारका नाममा खटाइएका खेतालाहरूले पाएको मत र ओलीले पाएको मतको आकारले भनिसकेको छ, ढुंगे पहरामा सिगौरी खेल्दा फुस्किएको सिङ हातमा बोकेर ती सवै बेपत्ता भइसके । हुन सक्छ, एमालेले पनि अपेक्षित परिणाम ल्याउन सकेन । तर प्रत्यक्ष र समानुपातिक मत बीचको अन्तरले भनि रहेको छ, पार्टीको रूपमा एमालेको विकल्प छैन–पात्रका बारेमा केही समस्या हुन सक्छ । अनि त्यो समस्या भनेको आन्तरिक पनि हुन सक्छ र बाह्य पनि ।

पात्रकै रूपमा कुरा गर्दा पनि एमालेका पात्र र अन्य दलका पात्रहरूले गर्ने चुनावी खर्च, प्रचार शैली लगायतमा ठूलो भिन्नता छ । फेरि एमालेका सवै उम्मेद्वारका विरुद्ध प्रतिष्पर्धी उम्मेद्वार मात्र चुनौती थिएनन्, सिँगो राज्यशक्तिको दोहन अर्को महाभारत थियो। त्यसैले आममतदाता र लोभिपापीले लट्पट्याउन नसक्ने कार्यकर्ताकै कारण एमाले बचेको हो, यस पटक उठेको हो । राष्ट्रकविको कविता जस्तै–‘ढुंगाको काप फोरेर उम्रिएको पिपल हो, एमाले ।’

प्रचण्ड र माधव नेपालहरू

स्वतन्त्र पार्टी र स्वतन्त्र दलहरूको उदयका बारेमा अर्को अध्याय बन्ला । तर यो निर्वाचनबाट प्रचण्ड र माधव नेपालहरूले पनि तर नमारेको चाहिं भन्न मिल्दैन । उनीहरूको चाहना नै आफूहरूले वा आफ्नो पार्टीले जित्ने भन्दा पनि एमालेलाई हराउनु थियो। उनीहरू चाहे जति सफलता नमिले पनि केही हदसम्म उनीहरू सफल भएका छन् । व्यक्तिगत रूपमा उनीहरूले पनि चुनाव जिते, तर यदि कांग्रेसले वैशाखी नदिएको भए यी दल झनै मटियामेट हुने खतरा रहेछ भन्ने कुरा पनि चुनावको पर्दा उघ्रिए पछि देखिएको छ । पार्टी प्रतिको विश्वासको प्रतिविम्ब समानुपातिक मतले बोलिरहेको छ ।

हिजो संसदमा दुईतिहाइको उडान भरेको नेकपा आखिर हावा भरिएको बेलुन मात्र रहेछ भन्ने निधोमा नपु¥याएको भए यो चुनाव मार्फत् नेपाली राजनीतिको कोर्ष नै बदलिने निश्चित थियो। तत्कालिन नेकपा वा माओवादी अलग भई सकेको एमाले भित्र नीति र नेतृत्वमा समस्या थियो भने त्यसलाई समाधान गर्नु तत्कालिन सवै साझेदारको जिम्मेवारी थियो । तर घरमा पुल्ठो झोसेर भाग्नु अनि छिमेकीका पिँढीमा उभिएर घर सम्हाल्न खोज्नेलाई धारे हात लगाउनुले निकाश नदिने पक्का थियो । भयो त्यस्तै । घरमा धुलिया लाग्यो भनेर, धुलिया सफा गर्नुको साटो कुनै व्यक्तिको रिस र आवगेका कारण घरैमा आगो लगाएर अर्काको याक्सामा शरण लिनुको नतिजा प्रचण्ड र माधव नेपालहरूले खेपिरहेका छन् ।

सत्य के हो भने, एउटा फलामे डन्डी एउटा विशाल पुल निर्माणमा उपयोग भयो भने वर्षौसम्म हजारौं किलोको भारी बोकेर पनि उ सग्लै रहन्छ । सजिव रहन्छ । उसले वर्षौसम्म हजारौको भार थेग्न साझेदारी गर्नु नै उसको सजिवता हो । उ त्यसरी सजिव, सग्लो र भरोसायुक्त हुनु भनेको उसको संगत हो । उसले त्यहाँ सिमेन्टको संगत पाएको हुन्छ । त्यसैले सानो भए पनि, साझेदार बनेको हुन्छ । तर त्यही डन्डी विना कुनै बोझ, विना कुनै भारी, बेकामे बनाएर आँगमा केही दिन मात्र छोडियो भने त्यसमा आफैं खिया उत्पन्न हुन्छ, आफैंबाट उत्पन्न भएको खियाकै कारण खिएर त्यो फलाम केही महिनामा नै माटोमा मिल्छ, बिल्छ, हराउँछ । यसरी आफैंबाट खिया उत्पन्न हुनु र त्यसैका कारण सकिनु भनेको उसको सँग हो, त्यहाँ उसको संगत माटोसँग हुन्छ ।

यही माटोले लाखौ टनको फलाम खानीलाई पनि वर्षौसम्म सुरक्षा दिएर पृथ्वीको गर्भमा सुरक्षित राख्न सक्छ । फेरि यही माटो हो, बेकामे–बेवारिसे भएर काम विहिन बनेको फलामलाई फेरि आ४नै गर्भमा मिलाउन पनि सक्छ । जनता तिनै माटो त हुन् नि आखिर ।

सिमेन्ट भनेको चट्टान हो, चट्टान पनि यही माटोकै भरोसामा लाखौ वर्ष बाँचेको हुन्छ । त्यही लाखौ वर्ष बाँचेको चट्टानको अर्को स्वरूप सिमेन्टको संगत पाएर, लाखौंको भरोसा योग्य भएर, वर्षौ वर्षसम्म हजारौको भार बोकेर पनि सजिव हुने फलाम बन्ने कि, बेकाममा लडेर माटोको संगत गरी माटोमै मिल्ने फलाम बन्ने ? आखिर फलाम त फलामै हो, बन्ने चाहिं के हो–रोजाई आ–आफ्नो हो । यो चुनावले यि विकल्पमा पर्दा पनि उघारि दिएको छ ।