पृष्ठभूमि
मार्च ८ ले विश्वभरिका महिलाहरूका लागि अत्यन्तै ठूलो महत्व राख्ने गर्दछ। अर्थात् यो दिन अन्तर्राष्ट्रिय महिला दिवस । यसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्दा फ्रान्सको राज्य क्रान्तिमा ग्रिसकी महिला नेतृ लाईसिस्ट्राले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडताल र महिलाको श्रम शोपणको विरोध जनाउदै सुरू भएको महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट शंखघोष गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरू भएको मानिन्छ। महिलाहरूको हक र अधिकारमा कुठाराघात भएकोले निर्वाध रूपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने अभिप्रायले यस्ता दिवसहरू सुरू हुने गरेको मानिन्छ। हरेक वर्ष मार्च ८ गतेका दिन यसै विषयलाई निरन्तरता दिने क्रममा यस वर्षको अन्तर्राष्ट्रिय नारा”DigitAll! Innovation and technology for gender equality राष्ट्रिय नारा “लैङ्गिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” सहित सरकारका तीनै तह, विकास साझेदार, नागरिक समाज, गैरसरकारी संघ संस्था सबै प्रतिवद्ध भई ऐक्यवद्धता जनाइरहेका छौं ।
विशेषगरी सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार राज्यका हरेक आयाम र क्षेत्रहरूमा महिलाको हक र अधिकार सुनिश्चित गराउने जिम्मेवार निकाय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई छ । यद्यपी बालिका, किशोरी तथा महिलाहरूका सवालहरू cross cutting मुद्दाको रूपमा लिइन्छ । यसैले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय र सुरक्षाका विषयलाई हरेक मन्त्रालयले आफ्ना नीति, ऐन कानुनहरूमा आन्तरिकीकरण गर्दै मूलप्रवाहीकरण गर्दैआएको देखिन्छ । महिला अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने लैङ्गिक हिंसासँग सम्बन्धित गम्भीर विषयलाई मूल प्राथमिकतामा राखी सरकारले यसको व्यावहारिक रूपमै न्यूनीकरण सहित अन्त्य गर्न उल्लेख्य नीतिगत, कानूनी, संस्थागत, वित्तीय व्यवस्थाहरू गरेको छ । तैपनि समाजमा महिलामाथि विभिन्न प्रकारका हिंसा तथा दुव्र्यवहारहरू भैरहेकै छन् । हो, यिनै विषयलाई सम्बोधन गर्ने/गराउने उद्देश्यले यस्ता अन्तर्राष्ट्रिय, राष्ट्रिय दिवसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विगतमा महिला आन्दोलन छेडेका योद्धाहरूलाई सम्झदै, सम्मान गर्दै उहाँहरूले कोरेको गोरेटोलाई सफा र चिल्लो पार्दै जाने काम यस्ता अभियानमूलक कार्यले गर्दछन् ।
महिला अधिकार र संयुक्त राष्ट्रसंघको भूमिका
मार्च ८ को वरिपरी रहेर महिला अधिकारको कुरा गरिरहदा संयुक्त राष्ट्रसंघको भूमिकालाई बिर्सनै मिल्दैन । अन्तर्राष्ट्रिय स्तरमा महिलाको हक र अधिकार प्रत्याभूत गराउने निकाय भनेकै संयुक्त राष्ट्र संघ हो । विश्वभरीका देशले संयुक्त राष्ट्र संघभित्र प्रतिनिधित्व गरेका हुन्छन् । हरेक वर्ष यही अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्या पारेर विश्व महिला सम्मेलनको आयोजना गरिएको हुन्छ । जसलाई महिलाको स्थितिसम्बन्धी आयोग ऋ.क्.ध्. भनिन्छ ।
हरेक वर्ष सरकारको प्रतिनिधित्व महिला, वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट मन्त्रीसहित उच्च तहको प्रतिनिधित्व रहने गर्दछ भने, राष्ट्रिय महिला आयोग, गैरसरकारी संघ संस्था, नागरिक समाज, संचारकर्मी सहितको निजी खर्चमा सहभागिता हुने गरेको छ । यस पटकको सहभागिता नेपाल सरकार र अन्य सरोकारवालाहरूले धमाधम गरिरहेका छन्।महिलाका हरेक विषयमा Site Event, Focus Group छलफल हुने गर्दछ । सुरूमा संयुक्त राष्ट्रसंघको वडापत्रमा हस्ताक्षर गर्ने जम्मा चार जना मात्र महिला थिए । अमेरिकाको प्रतिनिधि भर्जिनिया गिल्ड्स स्लिभ, ब्राजिलकी बर्था लुज, चिनकी वि.उई.फड र डोमनिक गणतन्त्रकी मिनर्भो बरन्यडिनो यिनै चारजना बहादुर महिलाहरूको प्रयासबाट वडापत्रमा लैगिक समानता कायम गराउने विषयहरू (Faith in Fundamental human rights in the dignity of the human person, in the equality rights of men and woman and nations large and small) प्रस्तावनामा अकित भएको थियो।
लैङ्गिक हिंसासँग सम्बन्धित गम्भीर विषयलाई मूल प्राथमिकतामा राखी सरकारले यसको व्यावहारिक रूपमै न्यूनीकरण सहित अन्त्य गर्न उल्लेख्य नीतिगत, कानूनी, संस्थागत, वित्तीय व्यवस्थाहरू गरेको छ।
तत्पश्चात महिला समानताको सन्दर्भमा सन् १९४६ को महासभामा अमेरिकी पुरूष प्रतिनिधित्व एलर्नर रूजवेल्टले सम्बोधनमा भनेका थिए हामी संसार भरिका राष्ट्रहरूसँग आग्रह गर्दछौ की, आफ्ना महिला नागरिकहरू जो महिला चेतनशील छन् र अवसरमा अगाडी बढ्न चाहन्छन विगतमा युद्ध र त्यसको असरलाई जसरी मेहनतका साथ महिलाहरूले सहन गरे त्यसरी नै शान्ति र निर्माणका निम्ति उनीहरूले योगदान दिई राष्ट्रिय/अन्तर्राष्ट्रिय मामिलामा सक्रियता देखाउन सकुन भन्दै महिलाहरूले असहज अवस्थामा गरेको सहनशीलता, त्याग र देशका लागि दिएको योगदान प्रकाश पारेका थिए ।
अमेरिकाको लेक सक्सेस न्यूयोर्कमा सन् १९५० मा प्रथम बैठक आयोजना भई १५ देशका सरकारी प्रतिनिधित्व भेला भएका थिए । त्यस समयको मुख्य विषयहरू महिलाहरूको पिछडिएका अवस्थामा सुधार ल्याउने, राष्ट्रियता, जातीयता, लिंगियता, भाषा र धर्मको सम्बन्धमा पुरूष सरह प्रत्येक क्षेत्रमा समानता ल्याउने, सदस्य राष्ट्रको कानुनमा भएका विभेदकारी कानूनी प्रावधानहरू र तीनको व्यख्यालाई हटाई महिलालाई मुक्ति प्रदान गर्नेसम्बन्धी सिद्धान्तहरूको खाका कोरिएको थियो । यसैले मार्च ८ र C=S=W को अत्यन्तै सुन्दर सान्दर्भिकता रहेको छ । हाम्रा सबलपक्ष, प्रगति र सफलतालाई विश्व परिवेशमा सुनाउने, अन्य देशका राम्रा अभ्यासहरूको अबलम्बन गर्ने र समस्या र असहज परिस्थितिमा सबै साझेदार राष्ट्रसंग साझेदारी र हातेमालो गर्दै अघि बढ्न यस सम्मेलनले सहयोग गरेको हुन्छ।
लैंगिक हिंसा र महिला
महिला र लैंगिक हिंसाबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ । महिला सिर्जनाकी खानी, सन्तानलाई दशधारा अमृतपान गराउने, चेतनशील प्राणी हुन् । लैगिक हिंसा भनेको लिंगको आधारमा गरिने हिंसा तथा विभेद, कार्यस्थलमा हुने जुनसुकै प्रकारका दुव्र्यवहार र हाम्रा कु-संस्कार, हानीकारक अभ्यासबाट भएका विभेद तथा अमर्यादित कार्यहरू हुन् । यसरी फरक विषयलाई एकै र समान बुझाइ मान्न हुँदैन भन्ने समेत लाग्छ । तर आज पनि महिलामाथि हुने विविध प्रकारका हिंसा, विभेद र दुव्र्यवहार आफ्नैहरूले गरेको देख्दा, प्रत्येक दिन बालिका, किशोरी र महिलामाथि बलात्कार र बलात्कार पश्चातको हत्या जस्ता जघन्य अपराध गरेको देख्दा लैगिक हिसा र महिला पर्याय बनेका छन् । विशेष गरी लैंगिक हिंसामा पीडित र प्रभावित महिला हुन्छन र जसले पीडा पुर्याउदै आएका छन् ती अधिकांश पुरूष नै हुन्छन् । कहीं महिलाबाट पुरुष अर्थात महिलाबाट महिला र पुरुषबाट पुरुष पनि लैंगिक हिंसामा पर्ने गरेको पनि तथ्याङ्कले देखाउछ तर यिनका संख्या अत्यन्तै न्यून मानिन्छन । केही लैगिक हिसाका दृष्टान्त हेरौं:
१. म एक उच्च आर्थिक हैसियत भएको परिवारको बुहारी हुँ । मेरो श्रीमान् क्याम्पस पढाउनु हुन्छ । मेरा ससुरा प्रहरीको डीआइजी हुनुहुन्छ। म आफ्नै बुटिक व्यवसाय गर्छु । मैले लगातार तीनवटी छोरी जन्माए । मेरा ससुराले जन्माउन नसक्ने भनी घरबाट निकालीदिनुभयो । म बाहिरै ठूलो संघर्ष गरेर छोरीलाई हुर्काए पढाए सानी छोरी १६ वर्षकी भइन् । तर आजसम्म मेरा ससूरा मसँग बोल्नुहुन्न र छोरीहरूसँग पनि उहाँले राम्रो व्यवहार गर्नुहुन्न। उहाँमा परिवारले गरेको हेलाका कारण मानसिक समस्या देखिएको थियो । हामीले अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट उहालाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराएको कारण तनाव न्यून हुँदै गएको छ।
लैगिक हिंसा भनेको लिंगको आधारमा गरिने हिंसा तथा विभेद, कार्यस्थलमा हुने जुनसुकै प्रकारका दुव्र्यवहार र हाम्रा कु–संस्कार, हानीकारक अभ्यासबाट भएका विभेद तथा अमर्यादित कार्यहरू हुन्।
२. परिवर्तित नाम यशोधा म वर्ष ९ की वीरगन्जको दोहोरी साँझ रेष्टुरेन्टमा काम गर्थें । सधैं काम सकेपछि साहुलाई तातोपानी खुवाउने पथ्र्यो । एकछिन पछि मेरो कुनै होस् नहुने । धेरैपछि होस् खुलेपछि दुवै स्तन र यौनाग बेसरी दुख्ने भयो । केही समयपछि मेरो शरीरमा पुरै घाउ खटिरा आयो । मलाई रातको समयमा चिसो सडकमा फालिदिए । धेरै रात म माथि मेरै उमेर जस्ता सडक बालकबाट पटक-पटक हिंसामा परें । केही समयपछि मलाई एक अपरिचित महिलाले माइती नेपालको कार्यालयमा पु¥याए । पछि पुरै शरीरमा घाउ, मानसिक असन्तुलन, आफ्नो नाम, ठेगाना केही सम्झना भएन । आजसम्म पनि म माथि हिंसा गर्ने को हो ? त्यसलाई कानूनी दायरामा नल्याएको देखेर मेरो पीडा कम भएको छैन ( माइती नेपालने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दीर्घकालिन पुनर्स्थापना केन्द्र आवश्यक हुनाले पत्रचार ग¥यो । लैगिक हिंसा निवारण शाखा प्रमुखले परोपकार तथा स्त्री रोग अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा निःशुल्क शारीरिक र मानसिक स्वास्थ्य परीक्षण र निरन्तरको मनोसामाजिक परामर्शबाट उनलाई मंगला सहाना पुनस्र्थापना केन्द्रमा विगत ५ वर्षदेखि पुनस्र्थापना गरिएको छ । हाल उनी ७ कक्षामा पढछिन् । अझै उनले आफ्नो घर र परिवार बताउन सकेकी छैनन् भने आफूमाथि हिंसा गर्ने व्यक्तिको समेत पहिचान गर्न सकेकी छैनन् । उनलाई क्षतिपूर्ति सहितको न्याय प्राप्त कठिन बनेको छ।
३. म पेशाले मेडिकल डक्टर मेरो काठमाडौंको मुटुमै चारतले घर मेरै नाममा छ। मेरो श्रीमान् सरकारी सेवामै हुनुहुन्छ । ७ वर्षसम्म प्रेम गरेपछि मेरो विवाह भएको हो । तर विगत ४ वर्षदेखि म माथि श्रीमान् र उहाँका परिवार दिदीबहिनीहरूले ज्यादती गरेका छन् । मलाई रातदिन अपशव्द बोलेर पागल हो भन्ने गराउन लागिपरेका छन् । श्रीमान्ले कार्यलयमा आफूसँगै काम गर्ने एक महिलासँग लसपस गर्ने र मलाई डिभोर्स गर भनी तनाव दिनुभएको छ। मेरी सानी १४ महिनाकी छोरी छिन् । परिवारको रातदिनको कलह र गाली ममाथि भएको ज्यादतीले भोलि मेरी छोरीमा कस्तो प्रभाव पर्ला ? मलाई माया गरी आफंैले बिबाह गरेकोले श्रीमानको असाध्य माया लाग्छ । तर मलाई रातदिन थला पारेर कुट्ने पिट्ने गरेकोले म आफैं तनावमा छु । अत्यन्तै कमजोर भएको छु । सात महिनादेखि म डिप्रेसनको औषधी खादै छु। म यस्तो कसैलाई सुनाउन चाहन्न । मलाई कुनदिन यिनीहरूले मार्छन नै । मलाई बचाइदिनु है उहाँ यसो भन्दै हुनुहुन्छ्र (भर्खर जानकारीमा आएको घटना हो । हामीले सुरूमा उहाँलाई सबल र आत्मविश्वास बढाउन मनोसामाजिक परामर्श गर्ने छौं । विस्तारै उहाँलाई उजुरी दर्ता गरी कानुनी दायरामा ल्याउन पहल गर्ने विचार गर्दै छौ बाँकी प्रकृया गर्दै जाने छौं । तर पीडितले सक्रियता नदेखाई केही गर्न सकिन्न ।
यी माथि उल्लिखित घटना केवल प्रतिनिधि घटना मात्र हुन् । बालिका, किशोरी र महिलाहरू जुनसुकै स्थानमा पनि जोखिममै देखिन्छन् । घर, परिवार, आफन्त, कार्यस्थल, सार्वजनिक स्थान, स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक धार्मिक, सांस्कृतिक कहीं कतै स्वच्छ, स्वस्थ्य, र मर्यादित वातावरण पाउन मुश्किल छ । सभा, सम्मेलन, विवाह जस्ता उत्सवमय कार्यक्रममा समेत किशोरी तथा महिलाहरू सुरक्षित देखिदैनन । विहान, दिँउसो, साँझ रात हरेक समय महिलाहरू भयरहित वातावरणमा जिउन सकेका छैनन् भने ६ महिने शिशुदेखि ८० वर्षीय ज्येष्ठ उमेरसम्मका महिलाहरू बलात्कार, हिंसा र दुव्र्यवहारमा पर्ने गरेका छन् । उच्च तहका शिक्षित महिलादेखि अपांगता भएका तथा मानसिक असन्तुलन भएका महिलाहरू समेत विभिन्न प्रकारका लैंगिक हिंसामा पर्ने गरेका छन् । आफ्नै बुबा, काका, भाइदाइ, ससुरा बा, काकाबुबा, मामा, छिमेकी, साथी, साथीको भाइदाइ, मालिक, हाकिम सवारी चालक, खलासी, परिचित तथा अपरिचित व्यक्तिहरूले महिलामाथि हिंसा गरेका हुन्छन् । त्यतिमात्र हैन प्राकृतिक प्रकोप, महामारी, संकटकालिन समय जस्ता असहज परिस्थितिमा समेत बालिका, किशोरी तथा महिलाहरू बेचबिखन तथा ओसारपसारमा पर्ने, हिंसा तथा दुव्र्यवहारमा परेका हुन्छन । यसैले त महिला र लैंगिक हिसाको अन्योन्याश्रित सम्बन्ध देखिन्छ।
लैंगिक हिसा व्यवस्थापनमा OCMC को भूमिका:
लैंगिक हिसा व्यवस्थापनमा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको महत्वपूर्ण भूमिका रहेको छ । लैंगिक हिसा पीडित प्रभावितहरूको लागि एकै स्थानबाट ८ वटा सेवाहरू निःशुल्क र २४ सै घण्टा उपलब्ध गराउने प्रयोजनले ७७ वटै जिल्लाका ९४ वटा सरकारी अस्पतालहरूमा स्थापना गरी संचालनमा ल्याईएको छ । OCMC ले उपलव्ध गराउने ८ प्रकारका सेवाहरू यस प्रकारका छन्:
१. स्वास्थ्य उपचार,
२. मानसिक उपचार,
३. चिकित्सकीय कानुनी सेवा,
४. सुरक्षित आश्रयस्थल,
५. कानुनी सहायता,
६. सशक्तीकरण, सीप विकास,
७. पुनर्स्थापना,
८. मर्यादित जीवनसहित सामाजिकीकरण
आर्थिक वर्ष २०७८/०७९ मा OCMC बाट लैंगिक हिंसा पीडित प्रभावित प्राप्त सेवाको विवरण:
क. लैङ्गिक हिंसामा परेका पीडित/प्रभावितको जम्मा संख्या– ११०४६
ख. महिला – १०४९१
ग. पुरूष – ५२८
घ. लैगिक तथा यौनिक अल्पसंख्यकः २७
लैङ्गिक हिसामा परेका अपाङ्गता भएका व्यक्तिहरूको विवरणः
१. जम्मा संख्या – २४९९
२. आखासंग सम्बन्धित – १७७१
३. शारीरिक अपाङ्गता – ५१४
४. मानसिक तथा बौद्धिक अपाङ्गता – ११०
पीडित/प्रभावितलाई उपलब्ध गराएको सेवाहरूः
१. शारीरिक परिक्षण – ७२२७ ,
२. विधि विज्ञान तथा चिकित्साजन्य कानुनी परिक्षण – ३६८२
३. एच. आइ. भी परीक्षण तथा परामर्श सेवा – ४८९२
४. गर्भ परीक्षण सेवा – ४४४७
५. घाउ चोटपटक उपचार – ३३४९
स्वास्थ्य सेवाः
१. आकस्मिक गर्भ निरोधक सेवा – ८४२
२. यौन रोगको उपचार – ५११
३. सुरक्षित गर्भ पतन सेवा – ६६६
४. मानसिक रोगको उपचार – ७८५
५. मनोसामाजिक परामर्श सेवा – ७४२३
घटनाको पृष्ठभूमिः
१. बहुबिबाह – १३९
२. दाइजो – १२२
३. बोक्सीको आरोप – ४५
४. घरेलु हिसा – ४५
५. छाउपडी – १६५
६. मानव बेचबिखन – ६१
७. सामाजिक विभेद – ६५१
८. बालबिबाह – ३१८
९. बालश्रम – १८१
१०. अन्य – १०८०
पीडित प्रभावितलाई उपलब्ध गराएको अन्य सेवा
११. आवास गृह – ८६६
१२. पुनर्स्थापना केन्द्र – १००
१३. प्रहरी – ३६५७
१४. वकिल – २१०८
१५. अन्य सुविधायुक्त अस्पताल – २०९
१६. अन्य भए खुलाउने – ३०७९
८८ वटा OCMC सञ्चालनमा रहेका तर ६० वटा OCMC बाट प्राप्त विवरण उल्लेख गरिएको
निष्कर्षः
हामीले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहदा महिलामाथि हुने विविध प्रकारका हिंसा, विभेद, दुव्र्यवहार, लान्छना, अन्याय र अत्याचारको श्रृंखलालाई भुल्न मिल्दैन । यसवर्षको नाराले लैङ्गिक समानताको बलियो आधार महिलाहरूको सिर्जनशिलतालाई प्रविधिमा जोड्ने आशा लिएको हुँदा महिलाको कार्यबोझ घटाउन, सीप क्षमता र दक्षता बढाउन प्रविधिमैत्री वातावरण तय गर्नु समाज र राष्ट्रको दायित्व हुनुपर्छ । महिलाद्वारा उत्पादित र प्रवर्दित सामग्रीहरूको संग्रह गरी सुरक्षित र व्यस्थित बनाउदै बजारको पहुँचमा पुर्याउन जोड दिनुपर्छ । जसले महिलाहरूको आर्थिक उपार्जनमा वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भरता बढ्छ । महिलामाथि हुने ज्यादती घट्छ । कतिपय अवस्थामा डिजिटल प्रविधिको प्रयोगले नै हिंसा हुन् सक्छ । ती विषयलाई ध्यान दिदै सही प्रयोग गर्ने बानी बसाल्नु पर्छ ।
महिलालाई साना साना कृषि, तरकारी तथा फलफूल उत्पादनमा सहयोग गर्ने मेशिन प्रविधिमा सहुलियतपूर्ण छुट तथा निःशुल्क सेवा दिने वातावरण बनाउनुु पर्छ । लामो समयसम्म व्यस्त हुनुपर्ने घरायसी तथा हेरचाहमूलक कार्यलाई राज्यले आर्थिक गणना गर्न सकेको छैन । जसले विभेद र श्रम शोषण भएको छ । सबै असमान व्यवहारको निकास खोज्दै सशक्तीकरणका माध्यमबाट प्रविधिमा महिलाहरूको पहुँच विस्तार गर्दै स्वाबलम्बी र उद्यमशील बनाउन राज्यका आयामहरूमा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जरूरी छ। दिगो आर्थिक विकास तथा समुन्नत समाज निर्माणको लागि महिलाको सर्वाङ्गीण विकासमा संविधानले प्रदत्त गरेका महिलाहरूका मौलिक हक र अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारले नीतिगत, संस्थागत, वित्तीय, कार्यक्रमगत व्यवस्था गरी हरेक क्षेत्रमा सम्पर्क व्यक्तिको समेत व्यवस्था गर्नुपर्छ । युग सुहाँउदो प्रविधिको प्रयोगमा महिलाहरूलाई तालिममार्फत सीप, क्षमता सहित दक्ष र सक्षम बनाउनु सके, तब मात्र हाम्रो राष्ट्रिय नाराले सार्थक पाउँछ । महिलाहरूको शारीरिक तथा मानसिक सबलता सहित अर्थपूर्ण सम्मानित र मर्यादित जीवनको शुभकामना व्यक्त गर्दै निरोगी नेपालको कामना गर्दछु !
(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव हुनुुहुन्छ।)
प्रतिक्रिया