अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि हिजो स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि हिजो स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्ने


काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि पुस ४ गते बिहीबार ४ बजे बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको हो। 

मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बालुवाटार स्रोतका जनाएको छ।

बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैडक प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्थगन गरिएको थियो। 

बिहीबार बिहान प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। स्वास्थ्य परीक्षण पछि त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाटबाहेकका कार्यक्रम (मन्त्रिपरिषद् बैठकसमेत) स्थगन गरिएको थियो। 

स्वास्थ्य ठीक नभएकै कारण बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यक्रममा समेत प्रधानमन्त्री ओली जानु भएन ।