सिन्धुली-नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीभित्र संगठनात्मक अराजकता मुख्य चुनौती बनेको बताउनुभएको छ।
पुस ४ गते बिहीवार नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य राख्दै नेता गाैतमले संगठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिसन २०८४ सफल हुन नसक्ने बताउनुभयाे।
नेता गाैतमले देशमा नयाँ खालको आर्थिक संकट आएपछि नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेकाे प्रष्ट पार्नुभयो। नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख समेत रहनुभएका नेता गौतमले मुलुकलाई अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न पनि नेपाली कांग्रेससँग सत्ता सहकार्य जरुरी भएको औल्याउनुभयो।
मुलुकको अर्थतन्त्र अझै पनि ट्रयाकमा आइनसकेको र अपेक्षित राजश्व नउठे पनि अर्थतन्त्र सुधारका संकेतहरू देखिन थालेको र निजी क्षेत्र उत्साहित बनेको उहाँले बताउनुभयो। एमालेले राष्ट्रि्यता, अखण्डता र सार्बभौमिकताको मुद्दा उठाएको र नक्सा जारी गरेको स्मरण गर्दै नेता गौतमले छिमेकी मुलुक चीनसँग बीआरआई सम्झौता गरेर विकास र साझेदारी अगाडि बढाएको बताउनुभयो।
हाम्रो पार्टीले पटक पटक राष्ट्रिय शक्ति मात्र भएर होइन, राष्ट्रिय निर्णायक शक्ति बनाउनुपर्ने कुरा उठिरहेको उहाँले बताउनुभयो। पार्टी अनुशासन र पद्धतिका विषयमा कमिटीमा बलियो ढंगले उठाउन र अवसरहरूको न्यायोचित वितरण नहुँदा पार्टीभित्र समस्या सिर्जना भएको नेता गाैतमले प्रष्ट पार्नुभयो।
उहाँले पार्टी बलियो भएमात्र त्यसको बलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जिल्लाका नेताहरुले बुझ्न जरुरी रहेको बताउनुभयो। नेता गौतमले भन्नुभयाे – किमिटी गत प्रणालीले गरेको निर्णय नमान्ने अधिकार पार्टी नेतृत्व लाई नभएको र त्यसलाई नमान्ने जुन सुकै कमिटीमा बसेका नेताहरुलाई कारबाही हुन्छ, प्रेस चौतारीका साथीहरूलाई नआत्तिन आग्रह गर्छु । विचारमा शतीशाल झै दृढ भएर उभिन आग्रह गर्दै आपसी अन्तरविरोध कमिटीगत प्रणाली मार्फत हल गर्न सुझाव दिनुभयो । नेता गौतमले पार्टीलाई जरा देखिनै सुदृढ गर्न आवश्यक भएकाले तल्लो तहका आधारभूत वर्गसम्म पार्टी पुग्नु पर्ने प्रष्ट पार्नु भयो । सो बैठकमा एमाले केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जंज थापा, गणेश पहाडी, कमलजंग राइ, सुबाश देवकोटा, बिषम लाल अधिकारी दनुवार, निरु दर्लामी, उमा कोराला सहभागी हुनुहुन्छ । दुई दिनसम्म चल्ने जिल्ला कमिटी बैठकमा उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले स्वागत गर्नु भएको थियो भने अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा बैठक जारी रहेको जिल्ला सचिव नवराज थिङले बताउनु भयो ।
प्रतिक्रिया