अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 दीपिकाले ओस्कारको स्टेजमा के भनिन् ?

 दीपिकाले ओस्कारको स्टेजमा के भनिन् ?


काठमाडौँ-ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्।

दीपिकाले भनिन्, “नटु-नाटु गीतमा संसारभरका मानिसहरूले नाचेका छन्। यदि तपाईँलाई यो गीतको बारेमा अहिलेसम्म थाहा छैन भने यो प्रदर्शनपछि थाहा हुन्छ।” 

उनले भारतीय उत्पादनमा बनेको यो पहिलो गीत हो जुन ओस्कारका लागि मनोनयनमा परेको बताइन् । दीपिकाको ओस्कर लुकको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । धेरैले दीपिका प्रस्तुतकर्ताको रूपमा ओस्करको मञ्चमा पुग्नुलाई भारतीयका रूपमा गर्वको क्षण भएको बताएका छन् ।-एजेन्सी