अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 काभा महिला भलिबल : नेपाल र बंगलादेश भिड्दै

 काभा महिला भलिबल : नेपाल र बंगलादेश भिड्दै


काठमाडौँ–एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । 

प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिष्पर्धा हुनेछ ।