अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज तीन खेल

 ए डिभिजन लिग : आज तीन खेल


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा सुरु हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो तीन बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै साँझ ६ बजे रंगशालामा नै हुने खेलमा शंकटा र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

त्यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिष्पर्धा हुनेछ ।