अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै

 सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै


काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुँदैछ । आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुन लागेको हो । 

पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने आज टुंगो लाग्नेछ । लामिछानेसँग पीडित पक्षले १० लाख क्षतिपूर्तिको माग गरेको थियो ।  

उक्त माग अदालतले खारेज गरेपनि सर्वोच्च अदालतले पीडित राहत कोषमार्फत क्षतिपूर्ति सम्बोधन गर्नुपर्ने बताएपछि आज सुनवाइ हुन लागेको हो । 

तर पछि पीडित पक्षले ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको थियो ।  

मुद्दाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण उनी फर्केपछि मात्रै  अन्तिम सुनवाइका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ ।