अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साफ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै

साफ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै


काठमाडौँ-भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साबिक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । 

नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।  

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।