अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु


बुटवल- अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिम अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।