अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टुँडिखेलमा फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

टुँडिखेलमा फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित बडादशैंको फूलपातीका अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सहभागी भएका छन् ।

नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति समेत हुन् ।

समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।