अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडाध्यक्षको राजीनामा माग्दै माछापुच्छ्रे-८ मा एमालेले लगायो ताला

वडाध्यक्षको राजीनामा माग्दै माछापुच्छ्रे-८ मा एमालेले लगायो ताला


कास्की-कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरूङको राजीनामा माग्दै नेकपा एमालेले ताला लगाएको छ।

एमालेबाट निर्वाचित माछापुच्छ्रे गाउँपालिकाका पूर्वअध्यक्ष कर्णबहादुर गुरूङ, सोही वडाका पूर्ववडाध्यक्ष कृष्ण दवाडी लगायतका टोलीले मंगलबार वडा कार्यालयमा ताला लगाएका हुन्।

वडाध्यक्ष गुरूङले खोरामुख-इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको भन्दै ताला लगाएको पूर्ववडाध्यक्ष दवाडीले बताउनु भयो।

‘वडाध्यक्षले कुटपिट गरेको घटनामा कानुनी कारबाही होस् भनेर दबाब दिन तालाबन्दी गरेका हौं,’ दवाडीले भन्नुभयो, ‘वडाध्यक्षले आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्।’

उक्त सडकका लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।

पूर्वाधार विकास कार्यालयले उक्त सडकको नाली बनाउने र जाली लगाउने भन्दै उपभोक्ता समिति गठन गर्न आग्रह गरेको थियो। स्थानीय उपभोक्ताहरूले चैत १४ गते भेला भएर भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका थिए।

Skip This