अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल


काठमाडौं-राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको छ। राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गर्नुभएको हो।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ। जसअन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भइरहेको छ।

बैठकमा आज छलफलका लागि तोकिएका मन्त्रालयको बजेट कटौतीको प्रस्ताव पनि प्रस्तुत गरिएको छ ।

Skip This