काठमाडौं-नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले श्रमको प्रयोग अहिले पनि उपयुक्त ढङ्गले हुन नसकेको बताउनुभएको छ।
मंगलबार केन्द्रीय कृषि तथा पशुपन्छी विभागको छैटौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। एउटा मानव समुदाय अहिले पनि आधुनिकतामा प्रवेश गर्न नै नपाएको ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि गाउँका गाउँ अशिक्षा, भोकमरी, गरिबी रहेको उहाँको भनाइ छ। यसले मानवीय सभ्यता र विकासलाई मजाक गरिरहेको उहाँले बताउनुभयो। मानवीय न्यायपूर्ण वा समतामूलक समाज र राज्य व्यवस्था अहिले पनि छैन।’
आज पनि मानव जातिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भोकमरी र गरिबीको समस्या नै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानवलाई नसुहाउने र मानवले अन्त्य गर्नुपर्ने कुरा भोकमरी र गरिबी हो।’
खानाको चिन्ताबाट मुक्त हुने बित्तिकै मानिसले चिन्तन र रचना गर्ने ओलीले बताउनुभयो । भोकको आगो बलेको मान्छेले चिन्तन र ज्ञानको सिर्जना गर्न नसक्ने उहाँको भनाइ छ । भोकको आगो पेटमा जलिरहेको छ भने मानिसले चिन्तन, मनन केही गर्न नसक्ने उहाँले बताउनुभयो ।
समाजलाई न्यायपूर्ण बनाउनको लाग सबै मान्छेलाई भोकले मर्ने चिन्ताबाट मुक्त गराउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । जबसम्म भोकमरी र गरिब अन्त्य हुँदैन, तबसम्म भोकमरीको अन्त्य र मानव अधिकारको प्रत्याभूति नहुने उहाँले प्रष्ट पार्नुभयो ।
स्वतन्त्रता अगाडि हक प्राप्ति हुनु पर्नेमा ओलीले जोड दिनुभयो । ‘गरिबी हटाउनु हाम्रो पहिलो काम हो, गरिबी भगाउने पहिलो हाम्रो अभियान हुनु पर्छ, देश विकास गर्ने हो भने पहिलो अभियान त्यो हुनुपर्छ’, ओलीले भन्नुभयो ।





प्रतिक्रिया