अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक विभागको तथ्यांक : ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन

सडक विभागको तथ्यांक : ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन


काठमाडौँ-बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।

विभागको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।

मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

यस्तै तमोर करिडोर अन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक खण्ड पनि अवरुद्ध छ ।

यस्तै कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।

एकतर्फी सञ्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे -बेशीसहर-चामे सडक खण्ड एकतर्फी चालु छन् ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सञ्चालनमा रहेको  विभागले जनाएको छ ।

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।