अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत


काठमाडौं-काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त हुनु भएको छ ।

हाल गृहमन्त्रालयको प्रवक्ता रहेका सहसचिव बस्नेलाई घनश्याम उपाध्यायको स्थानमा प्रजिअको जिम्मेवारी दिइएको हो।

काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो।

बैठुन्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएपछिको स्थानमा उपाध्यायले सचिवको जिम्मेवारी पाउनु भएको हो ।

काठमाडौंको प्रजिअमा नियुक्त बस्नेत गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो। 

उहाँ यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्।

Skip This