अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र देउवासँगको छलफलपछि बानेश्वरमा एमाले संसदीय दलको बैठक

प्रचण्ड र देउवासँगको छलफलपछि बानेश्वरमा एमाले संसदीय दलको बैठक


काठमाडौं-प्रतिनिधिसभा बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै संसदीय दलको बैठक बोलाउनु भएको हो। बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बसिरहेको छ। 

बैठकमा अध्यक्ष ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन्। सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।

सोमबार ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठकमा एमालेको भूमिकाबारे ओलीले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।