काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारी सकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताउनु भएको छ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहो¥याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन भने नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहो¥याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ ।’




प्रतिक्रिया