अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनसुनजन्य विपद् : २५ जनाको मृत्यु, २५ बेपत्ता 

मनसुनजन्य विपद् : २५ जनाको मृत्यु, २५ बेपत्ता 


काठमाडौँ-यसवर्ष मनसुन सुरु भएयता २५ जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजेसम्मको तथ्यांक अनुसार बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता भएको र १८ जना घाइते छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो तथ्यांक जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयताको हो । यस्तै बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भने ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।  

यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।

पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो।

प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान गरेको छ ।