काठमाडौँ-सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
९एनए-एमभी कलसाइन भएको उक्त हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको बताइएको छ ।




प्रतिक्रिया