अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन

दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन


काठमाडौँ-सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर  खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ। ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले बताउनु भयो ।

गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ का अनुसार १० बजेर १३ मिनेटमा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर लुक्ला टावरको सम्पर्ककमा आएको थियो । त्यसपछि हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । हेलिप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् ।