अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचारविरुद्ध सरकारले स्टन्टमात्र गर्‍यो: अध्यक्ष ओली

भ्रष्टाचारविरुद्ध सरकारले स्टन्टमात्र गर्‍यो: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताउनु भएको छ।

मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताउनु भयो । 

‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन’, अध्यक्ष ओलीले भन्नुभयो, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन। यिनीहरुले के गर्छन् अन्त ?’

उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ। अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ। त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो।’ 

अध्यक्ष ओलीले अविश्वसनीय र भ्रष्टहरु नै अहिले आफूलाई बडो विश्वसनीय तत्वजस्तो देखाउन खोजेको पनि बताउनु भयो । ‘जो अविश्वशनीय छन्, भ्रष्ट तत्वहरुले भ्रष्टाचारविरोधी अभिनय गरिरहेका छन् । राष्ट्रिय राजनीति फिल्म हेरेको जस्तो भइरहेको छ’, ओलीले भन्नुभयो, ‘नेकपा एमालेले अभिनयभन्दा यथार्थ राजनीति गर्नुपर्छ ।’

अध्यक्ष ओलीले सरकार बनेको सात महिना हुँदा समेत ओर्तिरको सिन्को पर्तिर नसारेको तर ढाट्न मात्र लागेको बताउनु भयो ।