अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं-सभामुख देवराज घिमिरेले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे छ।

मंगलबार सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको  हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो। 

मंगलबार सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा क्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको हो। 

उहाँले क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन यात्रुको निधन भएको समाचारले अत्यन्तै दुखित बनाएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको हो। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले परिवारजनमा गहिरो शोक–समवेदना व्यक्त गर्नुभएको छ।

‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने क्याप्टेन गुरुङ र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु’ उहाँले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।