काठमाडौँ-मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार साँझ शवहरु काठमाडौं ल्याइएको हो ।
मंगलबार सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो।
सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ, मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन्।




प्रतिक्रिया