अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई बुढा भन्नेहरूलाई म्याराथनको निम्तो दिऊँजस्तो लाग्छ: अध्यक्ष ओली

मलाई बुढा भन्नेहरूलाई म्याराथनको निम्तो दिऊँजस्तो लाग्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बुढा भन्नेहरूलाई म्याराथनको निम्तो दिऊँ जस्तो लाग्ने बताउनु भएको छ । 

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले पार्टीमा उमेरहदको व्यवस्थाप्रति आक्रोश व्यक्त गर्दै यस्तो बताउनु भएको हो ।

‘बुढा भनेर आक्रमण गरेको ८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ। आउन त दौडि हेरौं एक फेर भन्न मन लाग्छ।’

उहाँले उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताउनु भयो। 

‘उमेर वैज्ञानिक कुरा होइन, कुनै पार्टीले राखेको छैन। साइप्रसको पार्टीले राखेको थियो पहिला त्यसले पनि हटाइसक्यो। काम गरिरहेको मान्छे ७० पुग्यो भनेर कमिटीमा बस्न नपाउने भन्नु गलत हो’ ओलीले भन्नुभयो,  ‘म जिन्दगीभर विरामी भएको, दुःख पाएको, जेलनेल भोगेको मान्छे त कसैले ललकार्‍यो भने अहिले पनि भिड्न सक्छु जस्तो हुन्छ। स्वस्थ रहेका मान्छेको ७० वर्ष भनेको त के उमेर हो र ! म यस्तो अप्रेशन गरेको, दुई पल्ट किड्नी ट्रान्सप्लान्ट गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु। काम गर्न बाध छैन भने उमेर पुग्यो त्यसकारण कमिटीमा बस्नुहुँदैन भन्ने मान्छेलाई स्थिर बनाउने कुरा हो। यो अराजनीतिक कुरा हो ।’

एमाले युवाहरूको मात्रै नभइ बालबालिका देखि ज्येष्ठ नागरिक सबैको आशीर्वाद र साथ सहयोग रहेको पार्टी भएको अध्यक्ष ओलीले बताउनु भयो। नयाँ खोलेका पार्टीहरुमा परिपक्व मान्छे नहुने उहाँको जिकिर छ। 

‘भर्खर खोलेका पार्टीमा परिपक्व मान्छे कसरी लाग्छ र ? भर्खर खोलेका पार्टीमा त युवाहरू त हुन्छन् नि ! ओलीले भन्नभयो, ‘हाम्रो पार्टीमा सबै क्षेत्रका मानिस छन्। परिपक्व र परिपूर्ण पार्टी । सिंगे समाज समेटेको पार्टी हो ।’

Skip This