काठमाडौँ-साउन १ गतेदेखि काठमाडौँको फोहोर बञ्चरेडाँडामा लैजाँदा ककनी गाउँपालिकालाई एक हजार पाँच सय रुपैयाँसम्म प्रवेश शुल्क बुझाउनुपर्ने भएको छ ।
काठमाडौँबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित भएको ककनी गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हो ।
राजधानी काठमाडौँसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जाने गर्दछ ।




प्रतिक्रिया